वीरगञ्ज । वीरगन्जमा आयोजना गरेको रक्तदानमा २५ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगञ्ज मेट्रोसिटी र तेरापन्थ युवक परिषद् वीरगञ्जको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा २५ यूनिट रगत संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रममा रक्तदानको महत्वबारे जानकारी दिँदै नियमित रक्तदानले आकस्मिक तथा जटिल अवस्थामा बिरामीका लागि आवश्यक रगतको उपलब्धता सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन निजामुद्दीन समानीले बताए ।
संकलित रगत आवश्यकताअनुसार बिरामीको उपचारमा प्रयोग गरिने आयोजक संस्थाहरूले जनाएका छन्। कार्यक्रममा सहभागी भई रक्तदान गर्ने रक्तदाता, स्वयंसेवक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाप्रति आयोजकहरूले आभार व्यक्त गरेका छन्।
‘रक्तदान जीवनदान’ भन्ने भावनासहित आयोजित कार्यक्रमले सामाजिक सेवाप्रति युवाहरूको सक्रिय सहभागिता र मानवीय उत्तरदायित्वलाई थप बलियो बनाएको आयोजकहरूको भनाइ छ।

