सुनसरी । सुनसरीमा ठूलो परिामाणको प्रतिबन्धित लागू औषध गाँजा सहित पिकअप भ्यान र चालक पक्राउ परेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–१० स्थित जाल्पापुर चम्राही टोलबाट १४ क्विंटलभन्दा बढी ९१ हजार ४५४ किलो ८७० ग्राम० अवैध गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।
शनिबार बिहान करिब ३ः०० बजेको समयमा नियमित चेकजाँचका क्रममा को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यानबाट उक्त ठूलो परिमाणको गाँजा बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले भ्यान र गाँजासहित भोक्राहानरसिंह गाउँपालिका वडा नम्बर ५ बस्ने ३० वर्षीय चालक रामबहादुर यादवलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका यादवमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

