काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं धनुषा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादवले विगतका कमजोरीहरूको इमानदारीपूर्वक आत्मसमीक्षा गर्दै रूपान्तरण हुनु आजको मुख्य आवश्यकता रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा महान जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र भदौ २३ को इमानदार जेन–जी आन्दोलनका शहीदहरूप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दै नेता यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी कार्यान्वयन, समानुपातिक समावेशिता र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू जोगाउन जनसंघर्षको उठान गर्नुपर्नेमा जोड दिएका छन् ।
हजारौँको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको अवसरमा सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायमा बधाई ज्ञापन गर्दै उनले प्रतिगामी शक्तिहरूप्रति सजग रहन आग्रह गरे ।
समृद्ध नेपाल निर्माणका लागि मित्र र दुश्मन शक्तिबीच स्पष्ट भेद छुट्याएर दृढतापूर्वक अगाडि बढ्न क्रान्तिकारी शक्तिहरूलाई उहाँले अपिल गरेका छन् ।

