वीरगन्ज । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा फर्किएका छन् । उनलाई नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले अहमदलाई टिका र दोसल्ला ओढाएर पार्टीमा प्रवेश गरे ।
हजुरबुवा कांग्रेसमा लागेकोले आफू पूरानै घरमा फर्किएको बताए । पार्टी प्रवेशमा बोल्दै अहमदले लामो राजनीतिक कोर्स परिवर्तनपछि पूरानो विरासत र आफ्नो नैतिकता जोगाउनलाई कांग्रेसमा फर्किएको बताए ।
तत्कालिन बाबुराम भट्टराईको नयाँशक्तिबाट राजनीतिक यात्रा शुरु गरेको अहमद तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल हुदै संघीय समाजवादी र जनता समाजवादी पार्टी नेपालको पर्सा जिल्ला सचिव रहेका थिए ।
त्यसपछि उपेन्द्र यादव र अशोक राईको जनता समाजवादी पार्टी नेपाल पनि विभाजन भएपछि अहमद फेरी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष भएका थिए ।
उपेन्द्र यादव र अशोक राईबीच पार्टीको आधिकारिकता विषयमा निर्वाचन आयोगमा परेको उजुरीमा निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई आधिकारिता दिएपछि अशोक राई नेतृत्वको जसपा निष्क्रिय रहेको छ ।
त्यसपछि जिल्ला अध्यक्ष रहेका तबरजे अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनी भूमि समस्या समाधान आयोगको जिल्ला समिति अध्यक्षमा समेत नियुत्त भएका थिए ।
दुईपटक भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा नियुक्ति भएका अहमद बालेन नेतृत्वको सरकारले आयोग खारेज गरेपछि जिम्मेवारीबिहिन भएका थिए ।

