वीरगञ्ज। अग्रगामी मोर्चा मधेश प्रदेश समन्वय समितिको आयोजनामा हुन गइरहेको भेला तथा प्रशिक्षण कार्यक्रमको तयारी बैठक वीरगञ्जमा सम्पन्न भएको छ।
आगामी असोज ३ गते वीरगञ्जस्थित टाउन हलमा सञ्चालन हुने उक्त भेला तथा प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि यो तयारीबैठक आयोजना गरिएको हो।
बैठकले कार्यक्रम सफल पार्न विभिन्न जिम्मेवारी बाँडफाँड गर्नुका साथै व्यापक जनसहभागिता जुटाउने र सङ्गठनात्मक तयारीलाई तीव्र पार्ने निर्णय गरेको छ।
भेलामा मोर्चाका केन्द्रीय तथा प्रादेशिक नेताहरू, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।

