• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

रसुवा बाढी : खोज, उद्धार र राहतमा सरकारको सक्रियताको जनप्रतिनिधिद्वारा प्रशंसा, गैरसरकारी संस्थाको आश्वासनमा निगरानी राख्न आग्रह

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र २९, सोमबार १६:१८
रसुवा बाढी : खोज, उद्धार र राहतमा सरकारको सक्रियताको जनप्रतिनिधिद्वारा प्रशंसा, गैरसरकारी संस्थाको आश्वासनमा निगरानी राख्न आग्रह
0
SHARES
5
VIEWS

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा वर्तमान सरकारले देखाएको तदारुकता र प्रभावकारी कदमको प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले उच्च प्रशंसा गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा जनप्रतिनिधिहरूले सरकारको कार्यशैलीप्रति सन्तोष व्यक्त गरेका हुन्।

उक्त छलफलमा बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ गरी १४ वटा स्थानीय तहका प्रमुखहरू, बागमती प्रदेशका मुख्यमन्त्री तथा सो क्षेत्रका प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको थियो।

ADVERTISEMENT

छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढी आउनासाथ संघ सरकारले स्थानीय तहहरूसँग समन्वय गरी तत्काल निर्णय लिएको र प्रभावित क्षेत्रमा मन्त्री तथा कर्मचारीहरूलाई खटाएर नियमित फलोअप गरिरहेको बताए।

प्रभावित क्षेत्रको वास्तविक स्थिति आफैँ बुझ्न जनप्रतिनिधिहरूलाई सिंहदरबारमै बोलाएर छलफल गर्नुलाई उहाँहरूले सकारात्मक पहलका रूपमा लिएका छन्।

भविष्यमा बाढी प्रभावित क्षेत्रका नागरिकहरूको दिगो पुनर्स्थापनाका लागि संघीय सरकारसँग निरन्तर सहकार्य, समन्वय र सहजीकरण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गरे।

सोही क्रममा जनप्रतिनिधिहरूले विपद् व्यवस्थापन र राहत वितरणमा कुनै पनि किसिमको राजनीतिक वा अन्य भेदभाव हुनु नहुनेमा जोड दिए।

प्रभावित क्षेत्रमा विभिन्न गैरसरकारी संघसंस्थाहरू (एनजीओ–आइसीएनजीओ) ले घर बनाइदिने र बालबालिकालाई आश्रय दिने जस्ता आश्वासन दिन थालेको भन्दै उहाँहरूले संशय व्यक्त गरेका छन्।

यस्ता आश्वासनले स्थानीयमा भ्रम सिर्जना गर्न सक्ने भएकाले त्यस्ता गतिविधिमाथि कडा निगरानी राख्न उहाँहरूले सरकारको ध्यानाकर्षण गराए।

यस्तै, जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा अविलम्ब सडक सञ्जाल पुनः जोड्न, बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्र पार्न, बाढीपछिको सम्भावित महामारी रोक्न स्वास्थ्य टोली खटाउन र होल्डिङ सेन्टरमा बसोबास गरिरहेका नागरिकहरूका लागि तत्काल अस्थायी आवासको प्रबन्ध मिलाउन माग गरेका छन्।

बाढी प्रभावित तटीय क्षेत्रमा वातावरणीय सन्तुलनका लागि हरियाली विकास गर्दै जोखिमयुक्त बस्तीहरूलाई नजिकैको सुरक्षित स्थानमा बिनाढिलाइ स्थानान्तरण गर्ने कार्यमा स्थानीय तहका तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता रहने जनप्रतिनिधिहरूले स्पष्ट पारेका छन्।

Previous Post

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी अधिकारीद्वारा पर्सामा अनुगमन

Next Post

बागमती प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानी तथा रोजगारीमा सहकार्य हुने

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In