काठमाडौं । होटल क्षेत्रलाई आवश्यक पर्ने एलपीजी ग्यासको प्रकार तथा क्षमताका विषयमा नेपाल आयल निगम र सरोकारवाला निकायहरूबीच छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा नेपाल आयल निगमले होटलहरूको दैनिक सञ्चालन र व्यावसायिक आवश्यकतालाई ध्यानमा राख्दै एलपीजी ग्यासको आपूर्ति सहज, व्यवस्थित र नियमित बनाउने प्रतिबद्धता जनाएको छ।
निगमका तर्फबाट होटलहरूलाई आवश्यक पर्ने ग्यासको सहज उपलब्धता सुनिश्चित गराइने आश्वासन दिइएको छ।
उक्त छलफलमा होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ तथा अन्य सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
देशभर खाना पकाउने ग्यासको अभाव भईरहेको बेला रसुवाको भोटेकोशीमा आएको बाढीले प्रभावित क्षेत्रलाई प्राथामिकतामा राखेर ग्यास उद्योग संघले चुल्हो सहित ग्यास सहयोग गर्ने निर्णयपछि काठमाडौंमा ग्यास अभाव भएर होटलहरु बन्द हुन थालेपछि
आयल निगमसँग होटल संघका पदाधिकारीहरुले छलफल गरेका हुन् । छलफलबाट ग्यासको सहज उपलब्धताको आपेक्षा गरिएको छ ।

