काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४ मा नेपाल भ्रमणका लागि नयाँ यात्रा चेतावनी (ट्राभल एडभाइजरी) जारी गर्दै आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन (लेभल २) आग्रह गरेको छ।
गत अगस्ट २६ मा गएको विनाशकारी जलप्रलय र पहिरिपछि रसुवा जिल्लाका केही क्षेत्रलाई भने भ्रमणका लागि पूर्ण रूपमा प्रतिबन्धित (लेभल ४ (यात्रा नगर्ने) सूचीमा राखिएको छ।
अमेरिकी प्रशासनले रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकामा कुनै पनि प्रयोजनका लागि यात्रा नगर्न कडा निर्देशन दिएको छ।
सो क्षेत्रमा भोटेकोशी, त्रिशूली र नारायणी नदी तटीय क्षेत्रमा विनाशकारी बाढी र पहिरोले यातायात तथा सञ्चार सेवा पूर्ण रूपमा ठप्प पारेको, खोज तथा उद्धार कार्य जारी रहेको र थप बाढी-पहिरोको जोखिम कायम रहेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले सर्वसाधारण तथा पर्यटकहरूलाई नदी किनार, होचा भू–भाग, क्षतिग्रस्त पुल र कमजोर भिरालो जमीनबाट टाढा रहन तथा स्थानीय प्रशासनको सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ।
साथै आपदाग्रस्त क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरूको खोजबिनका लागि व्यक्तिगत रूपमा प्रवेश नगर्नसमेत चेतावनी दिइएको छ। नेपालमा जुनदेखि सेप्टेम्बर महिनासम्मको मनसुन अवधिमा भारी वर्षाका कारण अचानक आउने बाढी र पहिरोले बाटोघाटो बन्द हुने तथा आपत्कालीन उद्धार कार्यमा बाधा पुग्ने गरेको एडभाइजरीमा स्मरण गराइएको छ।
यसबाहेक काठमाडौं उपत्यकालगायत नेपालभर जुनसुकै बेला भूकम्पको जोखिम रहने विषयलाई पनि उल्लेख गरिएको छ। स्वास्थ्य सेवाको सीमिततालाई ध्यानमा राख्दै मन्त्रालयले नेपाल भ्रमणमा आउने आफ्ना नागरिकहरूलाई आवश्यक औषधि साथमा ल्याउन,
मेडिकल इभ्याकुएसन (आपत्कालीन हवाई उद्धार) समेत कभर हुने गरी ट्राभल हेल्थ इन्स्योरेन्स गर्न र गम्भीर उपचारका लागि अन्य मुलुक जानुपर्ने अवस्था आउन सक्ने कुरा बुझ्न सल्लाह दिएको छ।
नेपाल भ्रमणमा रहेका वा आउन चाहने अमेरिकी नागरिकहरूलाई ुस्मार्ट ट्राभल एनरोलमेन्ट प्रोग्रामु ९क्त्भ्ए० मा दर्ता भई ताजा सूचना र सुरक्षा सतर्कता प्राप्त गर्न भनिएको छ।

