काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले उच्च व्यवस्थापन तहमा महत्त्वपूर्ण जिम्मेवारी हेरफेर गरेको छ। कम्पनीले नेपाली सेनाका पूर्वमेजर जनरल सन्तोषकुमार ढकाललाई नयाँ चिफ अफ स्टाफ नियुक्त गरेको छ।
व्यवस्थापकीय फेरबदलअनुसार यसअघि सञ्चारमाध्यम तथा बजारीकरण (कर्पोरेट कम्युनिकेसन्स) हेर्दै आएकी बिशाखा खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ।
यो जिम्मेवारीसँगै खड्का सञ्चार र मार्केटिङ क्षेत्रको प्रत्यक्ष भूमिकाबाट बाहिरिएकी छन्। नयाँ भूमिकामा आएका पूर्वमेजर जनरल ढकालले कम्पनीको सञ्चारमाध्यम सम्बन्ध, सरकारी निकायहरूसँगको समन्वय तथा रणनीतिक सञ्चारसम्बन्धी महत्त्वपूर्ण विषयहरू सम्हाल्नेछन्।
एनसेलले जिम्मेवारी हेरफेर गरेसँगै पूर्व जर्नेलालाई नयाँ जिम्मेवारी दिईनु अर्थपूर्ण रुपमा हेरिएको छ । वर्तमान सरकारले विभिन्न निकायमा पूर्व सैनिकहरुलाई नियुक्त गर्नु र नेपालमा सञ्चालित बहुराष्ट्रिय सेवा प्रदायक कम्पनीले पनि पूर्व सैनिकलाई सरकारी निकायसँगको समन्वय तथा रणनीतिक सञर सम्बन्धी जिम्मेवारी दिईनु अर्थपूर्ण र रहस्यमयी रहेको छ ।

