वीरगन्ज । नेपालको रसुवामा भदौ १० गते आएको अप्रत्यासित बाढी–पहिरोले हजारौं परिवारको जीवन अस्तव्यस्त बनाएको यस दुःखद् घडीमा मानवता, करुणा र सेवाको भावना अझ बलियो भएर उभिनुपर्ने आवश्यकता छ।
प्राकृतिक विपत्तिले घर, सम्पत्ति र जीविकोपार्जनमा क्षति पुर्याए पनि नेपाली समाजको मानवीय संवेदना र एकताको भावना भने कहिल्यै कमजोर हुनुहुँदैन।
यही मानवीय भावनालाई आत्मसात् गर्दै योग गुरु स्वामी रामदेवजी महाराज र आचार्य श्री बालकृष्णजी महाराजको प्रेरणामा पतञ्जली नेपालले बाढी–पहिरो प्रभावित नागरिकको पीडामा साथ दिन नगद सहयोग तथा निःशुल्क भोजनको व्यावस्था गरेको छ ।
यस अभियानअन्तर्गत पतञ्जलि नेपालद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा २ करोड ११ लाख रुपैयाँको रकम सहयोग प्रधानमन्त्री देवीप्रकोप उद्दार कोषमा उपलब्ध गराउँदै, प्रभावित नागरिकका लागि राहत तथा खानपानको व्यवस्था गरिएको छ।
प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सञ्चालन गरी विपत्तिमा परेका नागरिकलाई निःशुल्क भोजन उपलब्ध गराउने कार्य सुरु गरिएको पतञ्जली नेपाल उद्योगका महाप्रवन्धक युवराज सुवेदीले जानकारी दिए ।
उनले भने, ‘ विपत्तिमा भोकसँग संघर्ष गरिरहेका नागरिकका लागि एक छाक भोजन केवल खाना मात्र होइन, त्यो आशा हो, आत्मीयता हो र आफू एक्लो नभएको अनुभूति पनि हो।’
पतञ्जलिको दर्शन नै ८‘योग, आयुर्वेद र सेवा’८सँग जोडिएको छ। शरीर स्वस्थ राख्ने योग र आयुर्वेदको ज्ञानलाई जनजनसम्म पुर्याउँदै आएको पतञ्जलिले सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कार्यको अभिन्न अंग बनाउँदै आएको छ।
विपत्तिको समयमा पीडितको आँसु पुछ्नु, भोकाएकालाई भोजन गराउनु र निराश मनमा आशाको दीप बाल्नु नै वास्तविक सेवा हो भन्ने मान्यतालाई पतञ्जलि नेपालले व्यवहारमै प्रमाणित गर्दै आएको छ।
पतञ्जलि नेपाल केवल योग र आयुर्वेदको क्षेत्रमा सीमित संस्था होइनः राष्ट्र र जनताको सुख–दुःखमा साथ दिने सामाजिक संस्थाका रूपमा पनि यसले आफ्नो भूमिका स्थापित गर्दै आएको छ।
प्राकृतिक विपत्ति होस् वा सामाजिक आवश्यकता, जनताको जीवनसँग जोडिएका विभिन्न क्षेत्रमा पतञ्जलिले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै आएको छ।
यसले संस्थाको व्यावसायिक पहिचानभन्दा माथि उठेर सेवामूलक र मानवीय पहिचानलाई अझ बलियो बनाएको छ।
महाप्रवन्धक सुवेदी भन्छन्, ‘दार्शनिक दृष्टिले हेर्दा सेवा भनेको आफूले अरूलाई दिएको कुरा मात्र होइन, संकटमा परेको अर्को मानिसभित्र आफूलाई देख्नु पनि हो।’ उनले थपे, ‘नर सेवा नै नारायण सेवा हो’ भन्ने भावनाले प्रेरित भएर गरिने सहयोगमा कुनै स्वार्थ हुँदैन त्यहाँ केवल करुणा, कर्तव्य र मानवता हुन्छ। बाढी–पहिरोले पीडित नेपाली नागरिकको दुःखमा पतञ्जलि नेपालले देखाएको यो सक्रियता पनि यही मानवीय दर्शनको एउटा सुन्दर उदाहरण हो।’
आज देश प्राकृतिक विपत्तिको पीडामा छ। यस्तो अवस्थामा सरकार, सामाजिक संस्था, निजी क्षेत्र र प्रत्येक नागरिकले आफ्नो सामर्थ्यअनुसार हातेमालो गर्न आवश्यक छ। यही सामूहिक भावना नै विपत्तिबाट पुनः उठ्ने नेपालको शक्ति हो।
पतञ्जलि नेपालले अघि सारेको यो अभियान केवल राहत वितरणको कार्यक्रम नभई यो संकटको समयमा मानवताप्रतिको प्रतिबद्धता, राष्ट्रप्रतिको उत्तरदायित्व र सेवाको दर्शनलाई व्यवहारमा उतार्ने अभियान भएको उनले बताए ।
बाढी–पहिरोले बाटो रोक्न सक्छ, घर भत्काउन सक्छ, जीवनमा पीडा ल्याउन सक्छस तर मानवताको बाटोबाढी–पहिरोको पीडामा सेवाको हात स् पतञ्जलि नेपालको मानवीय अभियान
नेपालमा आएको बाढी–पहिरोले अनेकौँ परिवारको जीवन अस्तव्यस्त बनाएको यस दुःखद् घडीमा मानवता, करुणा र सेवाको भावना अझ बलियो भएर उभिनुपर्ने आवश्यकतामा महाप्रवन्धक सुवेदीको जोड दिएका छन् ।
प्राकृतिक विपत्तिले घर, सम्पत्ति र जीविकोपार्जनमा क्षति पुर्याए पनि नेपाली समाजको मानवीय संवेदना र एकताको भावना भने कहिल्यै कमजोर हुनुहुँदैन।
यही मानवीय भावनालाई आत्मसात् गर्दै स्वामी रामदेवजी महाराज र आचार्य श्री बालकृष्णजी महाराजको प्रेरणामा पतञ्जलि नेपालले बाढी–पहिरो प्रभावित नागरिकको पीडामा साथ दिने महत्वपूर्ण मानवीय अभियान अघि बढाएको उनले बताए ।
यस अभियानअन्तर्गत पतञ्जलि नेपालद्वारा बाढी–पहिरो प्रभावित क्षेत्रमा २ करोड ११ लाख रुपैयाँको सहयोग उपलब्ध गराउँदै, प्रभावित नागरिकका लागि राहत तथा खानपानको व्यवस्था गरिएको छ।
प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सञ्चालन गरी विपत्तिमा परेका नागरिकलाई निःशुल्क भोजन उपलब्ध गराउने कार्य सुरु गरिएको छ।
विपत्तिमा भोकसँग संघर्ष गरिरहेका नागरिकका लागि एक छाक भोजन केवल खाना मात्र होइन, त्यो आशा हो, आत्मीयता हो र आफू एक्लो नभएको अनुभूति पनि हो।
आज देश प्राकृतिक विपत्तिको पीडामा छ। यस्तो अवस्थामा सरकार, सामाजिक संस्था, निजी क्षेत्र र प्रत्येक नागरिकले आफ्नो सामर्थ्यअनुसार हातेमालो गर्न आवश्यक छ। यही सामूहिक भावना नै विपत्तिबाट पुनः उठ्ने नेपालको शक्ति हो।
पतञ्जलि नेपालले अघि सारेको यो अभियान केवल राहत वितरणको कार्यक्रम होइनस यो संकटको समयमा मानवताप्रतिको प्रतिबद्धता, राष्ट्रप्रतिको उत्तरदायित्व र सेवाको दर्शनलाई व्यवहारमा उतार्ने अभियान हो।
बाढी–पहिरोले बाटो रोक्न सक्छ, घर भत्काउन सक्छ, जीवनमा पीडा ल्याउन सक्छ, तर मानवताको बाटो रोक्न सक्दैन। यही विश्वासका साथ पतञ्जलि नेपाल आज पीडित नेपालीको साथमा उभिएको सुवेदीले बताए ।
उनले अन्तिममा कविताको शैलीमा लेखेका छन्ः
सेवामा समर्पित, राष्ट्रप्रति प्रतिबद्ध र जनताको दुःखमा सहयात्री बनेर। रोक्न सक्दैन। यही विश्वासका साथ पतञ्जलि नेपाल आज पीडित नेपालीको साथमा उभिएको छ—सेवामा समर्पित, राष्ट्रप्रति प्रतिबद्ध र जनताको दुःखमा सहयात्री बनेर।

