• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, August 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

भाेटेकाेशी बाढी घटनाप्रति मधेश प्रदेश सरकारद्वारा गम्भीर चिन्ता व्यक्त, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र १०, बुधबार १६:३८
मधेस प्रदेशमा नयाँ प्रोत्साहन प्रणालीः हाजिरका भरमा भत्ता दिने बेथिति अन्त्य गर्दै प्रदेश सरकार
1
SHARES
10
VIEWS

​जनकपुरधाम । रसुवा जिल्लाको सीमावर्ती क्षेत्रस्थित भोटेकोशी नदीमा आएको अप्रत्याशित र भीषण बाढीका कारण पुगेको जनधनको क्षतिप्रति मधेश प्रदेश सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ।

बुधवार (भदौ १० गते) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले तटीय क्षेत्रमा बाढीको प्रभाव क्रमशः बढ्दै गएकाले नदी आसपासका बासिन्दाहरूलाई पूर्ण सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।

​मन्त्रिपरिषद् बैठकले वर्तमान पुस्ताले नदेखेको र नभोगेको स्तरमा बाढी तथा डुबानका घटनाहरू घटेको उल्लेख गर्दै घटनाप्रति स्तब्धता प्रकट गरेको छ।

ADVERTISEMENT

यस विषम परिस्थितिमा सम्पूर्ण नेपाली नागरिक तथा राज्यका सुरक्षा एवं उद्धार संयन्त्रहरूलाई प्रभावित र घाइतेहरूको शीघ्र उद्धार, राहत तथा पुनस्थापनामा आ-आफ्नो तर्फबाट योगदान पुर्‍याउन आह्वान गरिएको छ।

​घटनाको विस्तृत विवरण आउने क्रम जारी रहे पनि विपद्मा परी ज्यान गुमाउने राष्ट्रसेवक तथा नागरिकहरूप्रति प्रदेश सरकारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
​उद्धार, राहत र पुनस्थापनाका लागि संघ (नेपाल सरकार) ले तय गर्ने हरेक नीति तथा कदममा मधेश प्रदेश सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहने मन्त्रिपरिषद्ले स्पष्ट पारेको छ।

​यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनका कारण नदी प्रणालीहरूमा आकस्मिक बाढीको जोखिम बढ्दै गएकोप्रति प्रदेश सरकारले ध्यान आकर्षण गराएको छ।

नदी किनारका बस्ती, राजमार्ग तथा पुललगायतका पूर्वाधार संरचनाको संरक्षणका साथै डुबानजन्य समस्या समाधानका लागि विशेष राष्ट्रिय नीति निर्धारण गर्नुपर्ने आवश्यकता मधेश प्रदेश सरकारले औंल्याएको छ।

Previous Post

भाेटेकाेशीकाे बाढीले ११ वटा जलविद्युत अवरुद्घ हुँदा ४३० मेगावाट बिजुली प्रणाली बाहिर

Next Post

रसुवाको रोदनमा मधेसकी चेली प्रियाको प्रार्थना

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In