वीरगन्ज । भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र २५ मेगावाटको सोलार फार्म ठप्प हुँदा राष्ट्रिय विद्युत् प्रणालीबाट कुल ४३० मेगावाट बिजुली बाहिरिएको छ।
बाढीले विभिन्न आयोजनाका बाँध, पावरहाउस तथा प्रसारण लाइनमा क्षति पुर्याएपछि विद्युत् उत्पादन रोकिएको हो।
कुल ४०५ मेगावाट क्षमताका ११ वटा हाइड्रोपावर र २५ मेगावाट क्षमताको सोलार आयोजनाबाट विद्युत् आपूर्ति बन्द भएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।
बाढीका कारण पुगेको भौतिक क्षति, जलविद्युत् आयोजनाहरूको वर्तमान अवस्था र विद्युत् पुनरावलोकन तथा मर्मतका लागि भइरहेका प्रयासहरूबारे थप विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।


