• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, August 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा सामाजिक कुरीति र अपराध नियन्त्रण गर्न समुदायसँग सहकार्य गर्छौं : एसपी भट्टराई

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण २९, शुक्रबार १४:४३
पर्सामा सामाजिक कुरीति र अपराध नियन्त्रण गर्न समुदायसँग सहकार्य गर्छौं : एसपी भट्टराई
1
SHARES
9
VIEWS

वीरगन्ज  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले सामाजिक कुरीति, बालविवाह तथा घरेलु हिंसा न्यूनीकरणका लागि समुदायसँग प्रत्यक्ष सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

करिब १६ दिन अघि पर्साको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका एसपी भट्टराईले स्थानीय पत्रकारहरूसँग शुक्रबार भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै एसपी भट्टराईले प्रहरी २४ सै घण्टा जनताको सेवामा समर्पित रहेको स्पष्ट पारे। नागरिक र प्रहरीको कामकारबाहीबीच देखिने असन्तुष्टि तथा अन्तरलाई समाधान गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले भने, ‘शान्ति सुरक्षा कायम गर्न र सामाजिक विकृति हटाउन सञ्चारक्षेत्र तथा सञ्चारकर्मीहरूको रचनात्मक सुझाव र सहयोग अपरिहार्य छ।’

ADVERTISEMENT

सीमाक्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणका लागि प्रहरी पूर्ण रूपमा प्रयासरत रहने र कुनै पनि किसिमका अपराध नियन्त्रणका लागि समयमै प्रहरीलाई सूचना दिएर सहयोग गर्न उनले सम्पूर्ण पर्सावासीसँग आग्रहसमेत गरे।

वीरगन्जमा धार्मिक द्वन्द्वकै बेलामा पर्साको सुरक्षा कमाण्ड सम्हाल्न आएका प्रहरी उपरीक्षक भट्टराईलाई पर्सेली सञ्चारकर्मीहरुले सरुवा भएर गएका प्रहरी उपरीक्षक सुदीपराज पाठकको जस्तो व्यवहार नगर्न पनि सुझाव दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्सासँग पर्साका सबै नागरिकले समान व्यवहारको अपेक्षा गरेका र सुरक्षाको समेत प्रत्याभूति खोजेको बताउदै पर्साका सञ्चारकर्मीहरुले त्यसको वातावरण बनाउन पनि आग्रह गरे ।

राज्य, सरकार नै अहिले सञ्चारक्षेत्रमाथि आक्रामक रहेको अवस्थामा पर्सामा पनि प्रहरी र सञ्चारकर्मीहरुबीचको सबन्धनमा चिसोपन आउन नदिन दुवैपक्षले सकारात्मक सोच र सुमधुर सम्बन्धका साथ व्यावसायिक आचरण प्रदर्शन गर्नुपर्ने बताएका थिए ।

प्रहरी उपरीक्षक भट्टराईले शान्ति सुरक्षा कायम राख्ने क्रममा नागरिकको अधिकार, स्वतन्त्रता र मानवअधिकारका विषयलाई पनि ख्याल गर्दै शुन्य सहनशिलतामा राज्यको कानून कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताए ।

Previous Post

बरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीको सवत्र विरोध, विना शर्त रिहाईको माग

Next Post

ज्ञानदा एकेडेमीमा विज्ञान प्रदर्शनी, विद्यार्थीहरुको प्रतिभाले अभिभावक र अतिथिहरु चकित

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In