वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पर्साको एकता सम्मेलनका लागि र सदस्यता नविकरण साउन मसान्तसम्ममा गरिसक्ने निर्णय गरेको छ ।
पार्टीको शनिबार बसेको केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीहरको बैठकले नेकपाको एकता जिल्ला सम्मेलनको तयारीलाई तीब्रता दिने र पार्टी सदस्यता नविकरण तथा पालिका अधिवेशनहरुको पनि टुंगो लगाउन निर्णय भएको हो ।
नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा बसेको बैठकमा एकता सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि तयारी गरिएको र उदघाटनका लागि पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्डको समय माग्ने निर्णय गरिएको पार्टीका केन्द्रीय सदस्य तथा सहइन्चार्ज मनोज चौधरीले जानकारी दिए ।
उनका अनुसार नेकपाको सदस्यता नविकरण साउन मसान्त भित्र अनलाईनमार्फत गरिसक्ने र भदौ मसान्त भित्रमा पालिका अधिवेशन पनि गर्ने निर्णय भएको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज पिएल श्रेष्ठ, सहइन्चार्ज मनोज चौधरी, सहसंयोजक बाबुराम कौशिक, गंगा बहादुर खड्का, फिरोज बादसाह, केन्द्रीय सदस्य हिरा भट्टराई, किशोरी कुश्वाहा, बिपिन यादव लगायतको उपस्थिति रहेको थियो ।

