• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, August 9, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

सत्यको जितः ४ जीपीएको संघर्ष, नेपाल टपर गौतम माविका विद्यार्थी आयुशी र आरवले पाए ल्यापटप

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ श्रावण २४, आईतवार ०७:२१
सत्यको जितः ४ जीपीएको संघर्ष, नेपाल टपर गौतम माविका विद्यार्थी आयुशी र आरवले पाए ल्यापटप
1
SHARES
7
VIEWS

वीरगन्ज । कठिन मेहेनतले आत्मविश्वास जगाउछ । आत्मविश्वासले आत्मबल बढाउछ भन्ने भनाईलाई गौतम माविका दुई विद्यार्थीहरुले सावित गरिदिएका छन् ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएपछि एक दिन परीक्षाको नतिजा आउँदा आरव कुमार सिंह र आयुशी चौरसियाको मन एकाएक चिसियो। नतिजामा प्राप्तांक ३.९ जीपीए देखियो, अनि कम्प्युटर विषयमा ‘एु’ ग्रेड मात्रै ।

जसले सपना, रातभरिको अनिदो र मेहनतलाई नजिकबाट चिनेका थिए, उनीहरूका लागि यो नतिजा केवल एउटा प्राप्ताङ्क थिएन, आफ्नो भविष्यका लागि लागेको एउटा गहिरो चोट थियो।

ADVERTISEMENT

आफूले दिएको उत्तरमा उनीहरूलाई शतप्रतिशत विश्वास थियो, तर नतिजाले त्यो विश्वासलाई चुनौती दिइरहेको थियो। मनमा निराशाको बादल मडारिए पनि उनीहरूको आत्मबल र आत्मविश्वास अझै डगमगाएको थिएन।

जब आफ्नै मेहनतमाथि शंका उठ्छ, तब लड्ने साहस जुटाउनु सहज हुँदैन। तर आरव र आयुशीले हार मानेनन्। अभिभावक र विद्यालयको दह्रिलो साथ पाएर उनीहरूले पहिले पुनर्गणनाका लागि निवेदन दिए।

तर त्यहाँबाट पनि अपेक्षित प्राप्ताङ्क परिवर्तन भएन। कुनै सामान्य मानिस भए सायद यसैलाई आफ्नो भाग्य सम्झेर स्वीकार्थे होला। तर उनीहरूभित्र एउटा जिद थियो—आफ्नो साँचो मेहनतको पहिचान पाउने जिद। उनीहरू अन्तिम प्रयासका लागि उत्तरपुस्तिकाको पुनःपरीक्षण गराउन राष्ट्रिय परीक्षा बोर्ड पुगे।

त्यसपछि सुरु भयो पर्खाइको त्यो कठिन घडी । तीन जना परीक्षकहरूले उत्तरपुस्तिका पुनः जाँच गरे र औसत अंक जोड्दा चमत्कार भयो—कम्प्युटरमा ‘ए प्लस’ आयो। अन्ततः दुवै जनाले ४ जीपीए ल्याएर नेपाल टपर बन्न सफल भए। त्यो क्षण केवल अङ्क परिवर्तन भएको थिएन, सत्य र आत्मविश्वासको जित भएको थियो।

उनीहरूको यो सङ्घर्ष, कहिल्यै नझुक्ने आत्मबल र अद्भूत मेहनतको कदर गर्दै गौतम माविले दुवै जनालाई सम्मानस्वरूप ल्यापटप वितरण गरेको छ ।

विद्यालयको प्रार्थना समयमा नै गौतम माविका सम्पूर्ण विद्यार्थीहरुको उपस्थितिमा दुवैजनालाई विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण र विद्यालयका कम्प्युटर शिक्षक टिएन चौधरीले विद्यार्थीहरु आरव र आयुशीलाई ल्यापटल हस्तान्तरण गरे ।

ल्यापटप हस्तान्तरणपछि प्रवन्ध निर्देशक परीक्षा पिया लामाले विद्यार्थीहरुलाई बधाई तथा आगामी शैक्षिक भविष्यको शुभकामना पनि दिईन् ।

उनले विद्यार्थीहरुको आत्मविश्वास र आत्मबल देखेर अत्यन्तै खुशी लागेको बताउदै विद्यार्थीहरुको आत्मविश्वास बढाउन खेलेको भूमिकाका लागि अभिभावक, विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिकाहरुलाई पनि धन्यवाद दिईन् ।

निर्देशक सोनाम लामाले विद्यालय स्थापनादेखि अहिलेसम्म एसएलसी र एसईई परीक्षामा विद्यार्थीहरुले हासिल गरेको उपलब्धिले नै विद्यालयको संस्थागत उचाई बढेको बताउदै यसले गुणस्तरीय शिक्षामा थप अगाडि बढ्ने प्रेरणा पनि प्राप्त गरेको बताए ।

अभिभावक र शिक्षकहरूको अटुट साथले हुर्काएको यो आत्मविश्वासले आज एउटा सिङ्गो विद्यालयको शिर उँचो बनाएको छ। आरव र आयुशीको यो कथा केवल एउटा नतिजाको कथा होइनस यो त सपनामाथि विश्वास राख्ने र आफ्नो हकका लागि दृढ भएर उभिने हरेक विद्यार्थीको आशाको किरण हो।

ल्यापटप ग्रहणपछि आफ्ना सिकाईका अनुभव सुनाउदै विद्यार्थीहरु आरव र आयुशीले सफलता प्राप्त गर्नका लागि मेहेनत र संघर्ष गर्नुपर्ने बताए ।

उनीहरुले अनुशासित भएर शिक्षकले पढाएका विषयमा गहिरो अध्ययन गर्दा आफूले सोचेको जस्तो नतिजा ल्याउन सकिने बताएका थिए । कहिलेकाही सोचेको जस्तो नतिजा नआएमा आफूलाई कमजोर बनाउनु भन्दा आत्मविश्वास र आत्मबल बलियो बनायो भने सत्यको जित हुने उदाहरण आफूहरुमा लागू भएको उनीहरुको भनाई थियो ।

पाठ्यपुस्तकको अध्ययन र अतिरिक्त क्रियाकलाप सँगसँगै अगाडि बढाउन अध्ययनरत विद्यार्थीहरुलाई सुझाव दिए । विद्यालयले उनीहरुको आत्मविश्वास, आत्मबल र मेहेनतको कदर गर्दै उच्च शिक्षाका लागि थप प्रोत्साहन गर्नका लागि ल्यापटप वितरण गरेको विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले बताए ।

ल्यापटप हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, इनोभेसन प्रमुख एल्भिन रेञ्जर लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

अस्थायी इजलास वीरगन्जमा मुद्दाको चाप घट्यो, गत आर्थिक वर्षमा ७१.८ प्रतिशत न्याय सम्पादन

Next Post

नेपाल कम्युनिष्ट पार्टी पर्साको एकता सम्मेलनको तयारी, सदस्यता नविकरण साउन मसान्त भित्र गरिसक्ने निर्णय

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In