जनकपुरधाम। मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ।
बुधबार बिहान बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री युवराज भट्टराईले पेस गरेकाे आर्थिक विधेयक र विनियोजन विधेयकलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकमा सभामुख रामअशिष यादवले उक्त विधेयकहरूलाई निर्णयार्थ प्रस्तुत गरेकाे थियो, जसलाई उपस्थित सम्पूर्ण प्रदेशसभा सदस्यहरूले समर्थन गर्दै सर्वसम्मतिले पारित गरेका हुन्।
बजेट पारित भएसँगै मधेस प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा र खर्च गर्ने बाटो खुला भएको छ।
बैठकमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री भट्टराईले प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

