• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, July 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

१३ स्थानीय तह बालश्रममुक्त घोषित ६ उत्कृष्ट औद्योगिक प्रतिष्ठान र ७ उद्यमी पनि सम्मानित

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ असार १८, बिहीबार १९:०८
१३ स्थानीय तह बालश्रममुक्त घोषित ६ उत्कृष्ट औद्योगिक प्रतिष्ठान र ७ उद्यमी पनि सम्मानित
0
SHARES
2
VIEWS

काठमाडौँ । सरकारले बालश्रम निवारण र श्रम मर्यादाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने स्थानीय तह तथा औद्योगिक प्रतिष्ठानहरूलाई एक विशेष समारोहका बिच सम्मान गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रममा बालश्रममुक्त मापदण्ड पूरा गर्ने १३ वटा स्थानीय तह लाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले कार्यक्रममा बोल्दै भने, ‘जब हरेक श्रमिकले आफू सुरक्षित भएको अनुभूति गर्छ, जब हरेक बालबालिका विद्यालयमा हुन्छन्, जब हरेक रोजगारदाताले कानुनको सम्मान गर्छ । हरेक युवाले आफ्नो भविष्य स्वदेशमै निर्माण गर्न सकिन्छ भन्ने विश्वास गर्छ, त्यति बेला मात्र राष्ट्र बलियो बन्ने मन्त्री यादवले बताए ।

कार्यक्रममा आफ्ना भूगोललाई बालश्रममुक्त बनाउने यी १३ स्थानीय तहको प्रशंसा गर्दै गर्दै अन्य स्थानीय तहले छिटो भन्दा छिटो पालना गर्नुपर्ने बताए ।
उनले भने, ‘बालबालिका काममा हुनु हुँदैन उनीहरू खेलमैदानमा हुनुपर्छ, उनीहरू विद्यालयमा हुनुपर्छ, आज त केवल १३ वटा पालिकाले यो सम्मान पाइरहेका छन् , सङ्ख्या पर्याप्त छैन, सबै स्थानीय तहले यसलाई पालना गर्नुपर्छ ।’

ADVERTISEMENT

यस कार्यका लागि सरकारले स्थानीय तहलाई प्रोत्साहन स्वरूप ३ लाख र घोषणा पश्चात् थप २ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ।

यसै गरी, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ वटा औद्योगिक प्रतिष्ठान हरूलाई पनि सम्मान गरेको छ। २२ वटा सूचकहरूको आधारमा छनोट गरिएका ती प्रतिष्ठानहरूमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौँडाको एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट र सुनसरीको मैनावती स्टिल इन्डस्ट्रीज रहेका छन्। आवेदन नपरेका कारण कर्णाली प्रदेशबाट भने कुनै पनि प्रतिष्ठान छनोट हुन सकेनन्।

मन्त्री यादवले नेपालमा जिम्मेवार व्यवसाय सम्भव छ भन्ने देखाइरहेको बताउदै उनले भने, “श्रमिकहरू सुरक्षित, सम्मानित र उत्साहित हुँदा उत्पादन बढ्छ भन्ने प्रमाणित गरिरहनुभएको छ। वैदेशिक र आन्तरिक दुवै श्रम बजारमा हामी जिम्मेवार व्यवसायलाई प्रवर्द्धन गर्नेछौँ।”

Advertisment Advertisment Advertisment

यसै अवसरमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरी अर्थतन्त्रमा योगदान पुऱ्याउने ७ जना उद्यमीहरूलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ बाट सम्मानित गरिएको छ।

७१ जना आवेदकहरू मध्येबाट रोजगारी सिर्जना, पुँजी लगानी र स्थानीय स्रोतको प्रयोग जस्ता सूचकका आधारमा उनीहरूलाई छनोट गरिएको हो। छनोट भएका मध्ये उत्कृष्टलाई एकलाख ५० हजार र अन्यलाई ७५­र७५ हजार पुरस्कार राशि प्रदान गरिएको छ।

वैदेशिक रोजगारीमा गई सिप सिकेर फर्केर रोजगारी सिर्जना गरेकाहरूलाई सम्मान गर्दै मन्त्री यादवले भने, ‘हामी ती वैदेशिक रोजगारीबाट फर्किएर उद्यम सुरु गरेकाहरूलाई सम्मान गर्दछौँ, जो रोजगारी खोज्दै विदेश जानुभयो र स्वदेश फर्किएर रोजगारी सिर्जना गर्ने उद्यमी बन्नुभयो।’

यस्ता कार्यक्रमले अन्य स्थानीय तह र निजी क्षेत्रलाई पनि बालश्रम अन्त्य गर्न र सुरक्षित कार्यस्थल निर्माण गर्न प्रेरणा दिने विश्वास मन्त्रालयले लिएको छ।

Previous Post

रास्वपा सभापति लामिछाने र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीबीच भेटवार्ता, व्यावसायिक समस्या समाधानका पहल गर्ने आश्वासन

Next Post

मधेस प्रदेशमा मन्त्रालयको कटौती गर्ने सिफारिस समितिले प्रतिवेदन बुझायो

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In