वीरगन्ज । मधेस क्रिकेट लिग MCL मा पर्साले सप्तरीमाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ। सप्तरीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रनको योगफल तयार पारेको थियो।
सप्तरीका लागि भोला साहले ५० बलमा ४८ रनको महत्त्वपूर्ण इनिङ खेले भने पप्पु यादवले २९ बलमा २८ रन जोडे। पर्साका बलर अनुज कुमार चौहानले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने नितेश पटेलले किफायती बलिङ गर्दै १८ रन दिएर १ विकेट चट्काए।
१२८ रनको लक्ष्य पछ्याएको पर्साले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १६।३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। पर्साको जितमा राहुल हकले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ४४ रनको योगदान दिए।
त्यस्तै मोहम्मद समिरले ४३ बलमा ३९ रन बनाए। सप्तरीका बलर विजय यादवले ३९ रन खर्चेर २ विकेट र मोहम्मद साकिम आलमले २७ रन दिएर १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलमा उत्कृष्ट ब्याटिङ गरेका पर्साका राहुल हक ‘प्लेयर अफ द म्याच’ घोषित भए।

