वीरगन्ज । क्रियाशील युवा पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको मञ्चको दोस्रो साधारणसभाबाट आनन्द पटेलको नेतृत्वमा युवा क्रियाशील पत्रकार मञ्च सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा बिरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश प्रसाद सर्राफ कोषाध्यक्षमा उपेन्द्र कुमार बरई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुनिल कुमार ओझा, आरोहण साह, कन्हैयालाल वर्णवाल, आदित्य शर्मा, मूकेश कुमार यादव, दिपेश कुमार ठाकुर, अरुण कुमार साह, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुश्वाह र अर्जुन प्रसाद दास चयन भएका छन् ।
यसअघि साधारणसभाको उदघाटन सत्रको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका मुख्य न्यायधीश गोकर्ण डाँगीले उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रमा मंचले प्रकाशन गरेकोे स्मारिकाको संयुक्त रुपमा बिमोचन गरिएको थियो । मंचले आफनो वार्षिकोत्सवको अवसरमा डा.दीपक शाक्य, के.सी.लामिछाने, श्याम बन्जारा, खड्क बहादुर श्रेष्ठ(गोविन्द प्रताप ) कुवेर चन्द्र गौतम हरि गौतम, नन्द किशोर गोयल, प्रशान्त कुमार साह लगायतलाई सम्मान गरेको थियो ।
मंचले आफना संस्थापक सदस्य स्वा. नरेश सर्राफको छोरीलाई सम्मान पत्र सहित नगद राशी सहयोग गरेको थियो । मंचलाई सहयोग गर्ने समारिकामा लेख रचना उपलब्ध गराउने समाजका बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुलाई कार्यक्रममा कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन महासचिव वीरेन्द्र साह र स्वागत आनन्द पटेलले गरेका थिए ।

