वीरगन्ज । नेशनल एकेडेमीको कक्षा १२ र स्नातक तहका विद्यार्थीहरुको विदाई गरिएको छ । वीरगन्जको गण्डक स्थित क्लार्क रिसोर्टमा शनिबार भव्य कार्यक्रमको आयोजना गरेर बिदाई गरिएको हो ।
कलेजका अध्यक्ष छोटेलाल प्रसादको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ वीरगन्ज ३२५ एसका पूर्व डिस्ष्ट्रिक गर्भनर देवकीनन्दन (डीएन) अग्रवालले विद्यार्थीहरुलाई पाठ्यपुस्तको ज्ञानसँगसगै व्यवहारिक र सामाजिक काममा पनि क्रियाशील हुन सुझाव दिए ।
उनले विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मात्रै व्यक्तित्वको विकास हुन नसक्ने भन्दै त्यसको लागि विद्यार्थीहरुले सामाजिक सेवाका कामहरुमा पनि ध्यान दिएमा समज र देशको विकासमा योगदान पुग्ने बताए ।
कार्यक्रममा कलेजका प्रध्यापक इन्दुशेखर मिश्रले विद्यार्थीहरुको शैक्षिक योग्यता प्राप्त अंकले मात्रै नभई उनीहरुमा भएको अनुशासन, लगनशीलता पनि मानक रहेको बताए ।
कार्यक्रममा कलेजका अध्यक्ष छोटेलाल प्रसादले नाफा कमाउनका लागि कलेजमा प्रवेश गरेको नभई समाजमा गुणस्तरीय शिक्षा दिन र समाजमा दक्ष जनशक्ति निर्माणका लागि आफू केन्द्रीत भएको बताए ।
उनले पैसा कमाउनका लागि आफ्नो अलग्गै व्यावसाय भएकोले शिक्षाक्षेत्र आफ्नो विशुद्ध सेवामूलक रुपमा रहेको बताए । उनले कलेजको व्यावस्थापन पक्षलाई अझ बलियो बनाउन र शिक्षकहरुको दक्षता अभिवृद्धि तथा विद्यार्थीहरुको शिक्षामा गुणस्तरका लागि कुनै सम्झौता नहुने बताउदै शिक्षकहरुलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
कलेज सञ्चालक समितिका सदस्य तथा शिक्षक बलराम श्रेष्ठले सञ्चाालन गरेको कार्यक्रममा कलेजका प्रमुख केदार साह, कारोबार दैनिक पत्रिकका मधेस प्रदेश प्रमुख तथा का सम्पादक नीरज पिठाकोटे मगर, शिक्षक राहुल केवट, श्याम साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । औपचारिक कार्यक्रम पश्चात दिवा खानापछि विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रममा मनोरञ्जन गरेका थिए ।

