वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले बारा र पर्साका दुई छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी लुकाइराखिएको १४ लाख ११ हजार रुपैयाँ बराबरको अवैध कपडा र किराना सामान बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले बाराको विश्रामपुर-५ स्थित एक गोठबाट ११ लाख ७५ हजार ५ सय मूल्य बराबरको १७ पोका कपडा बरामद गरेको हो।

त्यसैगरी, पर्साको जिराभवानी-१ बलुवास्थित सीमा क्षेत्रका कच्ची घरहरूमा छापा मारी २ लाख ३५ हजार ५ सय बराबरको अवैध किराना सामान नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

