जनकपुरधाम । धनुषाका युवा क्रिकेटर अयान शेखको डुबेर मृत्यु भएको छ । गत चैत्र २८ गते साथीभाइसँग वनभोज गएका अयान नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। सुरक्षा निकाय र स्थानीयको निरन्तर खोजीपछि आज उनको मृत शरीर फेला परेको हो।
अयानको दुखद निधनको खबरले खेल जगत र स्थानीय समुदायलाई स्तब्ध बनाएको इमाद सिद्धिकीले जनाएका छन् ।
अयान जनकपुर सनराइजर्सका मालिक नुरैन अक्रमका छोरा थिए। एक प्रतिभाशाली खेलाडी र मृदुभाषी व्यक्तिको रूपमा चिनिएका अयानलाई अल्पायुमै गुमाउनु पर्दा क्रिकेट क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
क्रिकेट खेलाडी शेखको दुखद निधनको शोकमा खेलप्रेमीहरूले उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
