• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, September 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ: ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोग

by
प्रकाशित मिति : २०८२ चैत्र १४, शनिबार ०९:५९
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ: ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोग
24
SHARES
267
VIEWS

काठमाडौँ । गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिको जिम्मेवार ठहर्‍याउँदै प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।

बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै शनिबार बिहान उनीहरूलाई भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिइएको हो। ओलीलाई गुण्डु र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निवर्तमान सुशीला कार्की नेतृत्वको सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको जाँचबुझ आयोगको सिफारिसका आधारमा यो कारबाही अघि बढाइएको हो। आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा अन्धाधुन्ध लाठी प्रहार र अश्रुग्यास प्रयोग गरी युवाहरूको ज्यान गएको घटनालाई ‘लापरबाहीपूर्ण र हेलचेक्र्याइँ’ को संज्ञा दिएको छ।

ADVERTISEMENT

आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन गरी कारबाही गर्न सिफारिस गरेको थियो।

मुलुकी अपराध संहिता २०७४ मा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ सम्बन्धी कडा व्यवस्था छ:

  • दफा १८१ (लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने): यस अन्तर्गत कसुर प्रमाणित भएमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ।

  • दफा १८२ (हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने): यस अन्तर्गत ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

आयोगको प्रतिवेदनले सुरक्षाकर्मीले गरेको प्रहारमा आदेश दिने पदाधिकारीहरू पनि उत्तिकै दोषी हुने उल्लेख गरेको छ। आन्दोलनका क्रममा धेरै युवाले आँखा गुमाएका थिए भने कतिपयको अङ्गभङ्ग भएको थियो।

यता पक्राउ परेपछि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकले भने वर्तमान सरकारले राजनीतिक प्रतिशोध साँध्न आफूहरूलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले तत्कालीन समयमा कानुन सम्मत रूपमा शान्ति सुरक्षा कायम गर्न खोजिएको दाबी गरेका छन् तर “यस विषयमा आम–जनताहरुले प्रतिशोध होइन आयोगको प्रतिवेदन अनुसार छानबिन गर्न पक्राउ गरेको भन्दै छन् ।”

बालेन नेतृत्वको सरकारले तत्कालका लागि ओली र लेखकसँगै तत्कालीन गृहसचिव र काठमाडौँका सीडीओमाथि मात्रै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

Previous Post

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित वीरगञ्ज भन्सार गेटबाट ४४ वर्षीय शाह पक्राउ

Next Post

वीरगन्ज स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In