• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, April 12, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

उधारो कानून ल्याउन निजी क्षेत्रको जोडदार माग, गभर्नर पौडेलद्वारा सकारात्मक सम्बोधन

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २८, बिहीबार १८:१०
उधारो कानून ल्याउन निजी क्षेत्रको जोडदार माग, गभर्नर पौडेलद्वारा सकारात्मक सम्बोधन
6
SHARES
69
VIEWS

वीरगन्ज । वीरगन्ज उद्योग वाणिज्य संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा निजी क्षेत्रका प्रतिनिधिहरूले मुलुकको अर्थतन्त्र चलायमान बनाउन उधारो कानूनको आवश्यकता औंल्याएका छन्।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष डा. सुवोध गुप्ताले राज्यको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउँदै सरकारले व्यवसायीहरूको भावना बुझ्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT

महासंघ मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश लाठले नयाँ सरकारको नीतिप्रति निजी क्षेत्र सशंकित रहेको बताउँदै बजारमा फसेको उधारो पैसा उठाउन व्यावहारिक उपाय अपनाउनुपर्ने सुझाव दिए। उनले बैंकबाट लिएको कर्जा र बजारको कारोबार बीचको कागजी व्यवस्थापन चुस्त बनाउनुपर्ने धारणा राखे।

त्यस्तै, पूर्व अध्यक्ष प्रदीप केडियाले बैंकमा निक्षेप बढे पनि लगानीको वातावरण नहुँदा अन्योल बढेको बताए भने अर्का पूर्व अध्यक्ष ओमप्रकाश सिकारियाले राष्ट्र बैंक ‘प्रोबैंक’ मात्र नभई ‘प्रो’पब्लिक’ हुनुपर्ने धारणा व्यक्त गरे।

व्यवसायीहरूको मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वराज पौडेलले उधारो कानूनका विषयमा राष्ट्र बैंक गम्भीर रहेको बताए। उनले बैंकहरूलाई धितोमुखी मात्र नभई राजस्व सुनिश्चित हुने क्षेत्रमा लगानी बढाउन निर्देशन दिँदै आएको जानकारी दिए।

गभर्नर पौडेलले नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न सहज बनाउने तयारी भइरहेको समेत खुलासा गरे। उनले विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेकाले सफल आईटी व्यवसायीले अमेरिका वा माल्दिभ्स जस्ता देशमा लगानी गर्न चाहेमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताए।

व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण उदार हुनुपर्नेमा जोड दिँदै गभर्नर पौडेलले व्यवसायिक असफलता वा सानो गल्तीकै आधारमा व्यवसायीलाई थुन्ने वा उठ्नै नसक्ने बनाउन नहुने तर्क गरे। उनले कालोसूचीमा पर्नेहरूको संख्या घटाउने र चेक बाउन्स जस्ता समस्यामा लचिलो नीति अपनाउने संकेत गरे।

गभर्नरका अनुसार मधेस प्रदेशमा ३९७ अर्ब बचत रहँदा ४८३ अर्ब ऋण प्रवाह भएको छ भने पर्सा जिल्लामा मात्रै ८३ अर्ब बचत र ७७ अर्ब ऋण प्रवाह भएको तथ्यांक छ।

साधारण सभाको अवसरमा सर्वाधिक निर्यात गर्ने उद्योग तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानित गरियो। भारततर्फ धेरै निर्यात गर्ने डाबर नेपाल प्रालि, जगदम्बा स्टिल र त्रिवेणी स्पिनिङ्ग मिल्स सम्मानित भए।

त्यस्तै तेस्रो मुलुकतर्फ निर्यात गर्ने त्रिवेणी स्पिनिङ्ग मिल्स, जगदम्बा स्टिल र नारायणी लेदर म्यानुफ्याक्चरिङ्ग प्रालिलाई पनि सम्मान गरियो। शिक्षा क्षेत्रबाट गौतम माविकी प्रिन्सिपल उर्मिला लामा र सामाजिक सेवाबाट रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादव र सञ्चारक्षेत्र तर्फ आशु कुमार सर्राफ सम्मानित भए।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली, प्रहरी उपरीक्षक सुदीपराज पाठक लगायत सरोकारवालाहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन महासचिव शिवजी कलवारले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गरेका थिए।

Previous Post

बीमितलाई बाहिर औषधि किन्न लगाउने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य बिमा बोर्डको चेतावनी

Next Post

पर्सामा ग्यास र इन्धनको अभाव नरहेको जिल्ला प्रशासन कार्यालयको स्पष्टोक्ति

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In