वीरगन्ज । पर्सा जिल्लामा सम्पन्न निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १६ हजार ४ सय ३० मत बदर भएको हो।
जिल्लाभर खसेको कुल २ लाख ५९ हजार २ सय ६४ मतमध्ये ६.३३ प्रतिशत मत प्रत्यक्षतर्फ बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिए। क्षेत्रगत विवरणमा क्षेत्र नं. १ मा ४,०८१ मत बदर, क्षेत्र नं. २ मा ४,५०० मत बदर, क्षेत्र नं. ३मा ४,७३० मत बदर (सबैभन्दा बढी) र क्षेत्र नं. ४ मा ३,११९ मत बदर बदर भएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाता शिक्षा र प्रचारप्रसारको कमीका कारण यति ठूलो संख्यामा मत खेर गएको पाइएको हो। कुल खसेको मतको तुलनामा बदर मतको यो दर निकै उच्च मानिएको छ।
