झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रधानमन्त्रीका दाबेदार बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ मा आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्। मतगणनाको पछिल्लो परिणामअनुसार उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर २९ हजार पुर्याएका छन्।
पछिल्लो मत परिणाम:
बालेन्द्र शाह (रास्वपा): ३९,२८४ मत
केपी शर्मा ओली (एमाले): १०,२९३ मत
समिर तामाङ (श्रम संस्कृति पार्टी): ६,३२४ मत
मन्धरा चिमरिया (नेपाली कांग्रेस): १,०९६ मत
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा हालसम्म ६२ हजार १ सय मत गणना भइसकेको छ। जसमध्ये ५९ हजार ५५१ मत सदर भएको छ भने २ हजार ५४९ मत बदर भएको छ।
अन्य उम्मेदवारको अवस्था: झापा–५ मा अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन्। नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ ९४१ मतका साथ पछ्याइरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत प्राप्त गरेका छन्।
यो नतिजाले एमालेको ‘गढ’ मानिने झापा–५ मा ठूलो राजनीतिक उलटफेर हुने संकेत देखाएको छ। रास्वपाका समर्थकहरूले यसलाई नयाँ पुस्ताको विजयका रूपमा हेरेका छन्।
