वीरगन्ज । पर्सामा प्रतिनिधिसभा सदस्यका लागि चारवटै निर्वाचन क्षेत्रमा आज बिहान १० बजेदेखि विधिवत् रूपमा मतगणना कार्य सुरु भएको छ।
निर्वाचन कार्यालयका अनुसार लामो समयको प्रतीक्षा र बिहान सम्पन्न सर्वदलीय बैठकको निर्णयपश्चात् गणना प्रक्रिया अघि बढाइएको हो।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले दिएको जानकारी अनुसार गणनाका लागि दुईवटा मुख्य स्थलहरू तोकिएका छन्।
क्षेत्र नम्बर १ र २ को गणना वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ भने क्षेत्र नम्बर ३ र ४ को गणना पोखरियाको जिल्ला उचागंल माध्यमिक विद्यालयमा जारी छ।
यस पटकको निर्वाचनमा पर्साका सबै क्षेत्र ‘हट सिट’ का रूपमा चर्चित छन्। चुनावी मैदानमा चार जना प्रभावशाली पूर्वमन्त्रीहरू—प्रदीप यादव, अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरी—को उपस्थिति रहेकाले यो प्रतिस्पर्धालाई निकै रोचक र प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ।
राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने यी ‘हेभिवेट’ नेताहरूको भविष्य जनताले बाकसमा कैद गरिसकेका छन्, जसको छिनोफानो अबका केही दिनमा हुनेछ।
मतगणनाको पारदर्शिता र सुरक्षाका लागि विशेष प्रबन्ध मिलाइएको छ। गणना स्थलहरूमा तारजाली लगाइनुका साथै सीसीटीभी क्यामराबाट प्रत्यक्ष निगरानी गरिएको छ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच हरेक एक-एक घण्टामा आधिकारिक मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ। सम्भवतः आज मध्यान्ह १२ बजेपछि प्रारम्भिक नतिजाहरू बाहिर आउन थाल्ने र त्यसले चुनावी लहरको संकेत दिने अनुमान गरिएको छ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
