दोलखा | दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ। मतदान सुरु भएको केही समयमै कर्मचारीमाथि हातपात भएपछि ५६ बुक मतपत्र हराएको पुष्टि भएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ। विवादका बीच ५६ बुक मतपत्र हराएपछि मतदान प्रक्रिया पूर्ण रूपमा रोकिएको छ। एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार हराएको मतपत्रको खोजी भइरहेको छ।
आयोगले मुचुल्का गरेर मतदान सुरु गर्न खोजे पनि दलका प्रतिनिधिहरू (कांग्रेस र एमाले) बीचको विवादका कारण सहमति जुट्न सकेको छैन।
