वीरगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पर्सा जिल्लामा मतदान कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज अपराह्न ३ बजेसम्म जिल्लाभर ४८.४१ प्रतिशत मतदान भएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हालसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी कुल १ लाख ८२ हजार ३०६ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
पछिल्लो तथ्याङ्क अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मतदान भएको छ। क्षेत्रगत विवरण यस प्रकार छ:
पर्सा क्षेत्र नं. ३: ५०,०५९ मत
पर्सा क्षेत्र नं. ४: ४५,३७० मत
पर्सा क्षेत्र नं. २: ४४,२६० मत
पर्सा क्षेत्र नं. १: ४२,१५७ मत
जिल्लाका अधिकांश मतदान केन्द्रहरूमा मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको प्रशासनले जनाएको छ। बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको र सुरक्षा व्यवस्था कडा पारिएकाले कुनै अप्रिय घटना नभएको प्रजिअ दाहालले जानकारी दिए।
मतदानको समय साँझ ५ बजेसम्म तोकिएकाले मतदान प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
