वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगन्ज महानगरपालिका-२३, प्रसौनी बिर्तामा बिहीबार साँझ एक भव्य रात्रि कोणसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय चोकमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासीको बाक्लो उपस्थिति रहेको थियो।
कोणसभालाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तले नेपाली जनता अब राजनीतिक रूपमा सचेत भइसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो:
“लामो समयदेखि एउटै आश्वासनबाट थाकेका जनता अब झुक्किनेवाला छैनन्। यसपटकको निर्वाचनमा क्षेत्र नम्बर १ का मतदाताले सही र योग्य उम्मेदवार चुन्नेमा म पूर्ण विश्वस्त छु।”
पन्तले दैनिक रूपमा भइरहेको पार्टी प्रवेशको लहरले आफ्नो जित सुनिश्चित गरिसकेको समेत जिकिर गर्नुभयो।कार्यक्रमको मुख्य आकर्षण पार्टी प्रवेश रहेको थियो, जहाँ प्रसौनी बिर्ताका सयौं स्थानीय युवा तथा सर्वसाधारण विभिन्न राजनीतिक दल परित्याग गरी रास्वपामा समाहित भएका थिए।
नवप्रवेशीहरूलाई पन्त लगायतका नेताहरूले स्वागत गर्नुभएको थियो।प्रसौनी बिर्ता चोकमा आयोजित उक्त सभामा रास्वपाका एजेन्डा र आगामी योजनाबारे चर्चा गरिएको थियो। स्थानीयहरूले परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता जनाएको कार्यक्रममा सहभागी नेताहरूले बताएका छन्।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
