वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तार र जनसम्पर्कलाई तीव्रता दिने क्रममा पर्साको इनरुवामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच रास्वपा पर्साका जिल्ला सभापति एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले उक्त कार्यालयको समुद्घाटन गर्नुभएको हो। इनरुवा क्षेत्रका स्थानीय बासिन्दा र पार्टी समर्थकहरूको बाक्लो उपस्थितिमा कार्यालय उद्घाटन गरिएको थियो।
कार्यालय उद्घाटन पश्चात् आयोजित सभालाई सम्बोधन गर्दै सभापति पन्तले इनरुवाबासीले देखाएको अपार सद्भाव र मायाले आफूलाई थप जिम्मेवार बनाएको बताउनुभयो। उहाँले भन्नुभयो:
“इनरुवाका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई सधैं माया गर्नुभएको छ। उहाँहरू आफैं आफ्नो ठाउँबाट रास्वपालाई जिताउन र परिवर्तनको अभियानमा लाग्नुभएको देख्दा अत्यन्तै खुसी लागेको छ। यो मायाको म सधैं सम्मान र कदर गर्नेछु।”
बिजय साह्को सभापतित्वमा सम्म्पन्न उक्त उदघाटन कार्यक्रमको सहजीकरन सन्तोष पटेलले गरेका थिए । कार्यक्रम्मा महानगर सभापति अमन आलम जिल्ला सचिब सुदिश प्रजापती दिलिप कुर्मी मुकेध पटेल लगायतका नेताहरूको समेत उपस्थित थियो ।
पार्टीले आगामी निर्वाचन र संगठन सुदृढीकरणलाई ध्यानमा राख्दै टोलटोलमा पुग्ने लक्ष्य लिएको र यो सम्पर्क कार्यालयले स्थानीयका समस्या सुन्न र पार्टीको एजेन्डा पुर्याउन सेतुको काम गर्ने विश्वास लिइएको छ।
