वीरगन्ज । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकिय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए। ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमै अर्धशतक पूरा गरेका थिए। यस क्रममा उनले ३ चौका र २ छक्का हानेका थिए।
नेपालका लागि सोमपाल कामीले पनि महत्वपूर्ण योगदान पुर्याए, जसले टिमलाई सम्मानजनक योगफलमा पुर्याउन मद्दत गर्यो।
