• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा एमालेमा प्रहल्लाद गिरीको पुनरागमनः निष्ठाको राजनीति कि अवसरवादको पुनरावृत्ति ?

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २, शनिबार १९:३९
पर्सा एमालेमा प्रहल्लाद गिरीको पुनरागमनः निष्ठाको राजनीति कि अवसरवादको पुनरावृत्ति ?
13
SHARES
148
VIEWS

वीरगन्ज । पर्साका पूराना कम्युनिष्ट नेता प्रल्हाद गिरी पुनःनेकपा एमालेमा फर्किएका छन् । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ ले शनिबार आयोजना गरेको ‘विशेष पुनर्मिलन कार्यक्रम’ बाहिरबाट हेर्दा संगठन विस्तार जस्तो देखिए पनि यसले मधेसको राजनीतिमा व्याप्त चरम अवसरवाद र वैचारिक स्खलनलाई पुनः सतहमा ल्याइदिएको छ।

पूर्व प्रदेश सांसद प्रहल्लाद गिरी र युवा नेता रमेश साहको एमाले फिर्तीले पार्टीका कार्यकर्तामा खुसी भन्दा बढी संशय पैदा गरेको छ। विशेषगरी प्रहल्लाद गिरीको राजनीतिक यात्रा कुनै स्थिर सिद्धान्तभन्दा पनि ‘शक्ति र स्वार्थ’ को खोजीमा भौतारिएको देखिन्छ।

ADVERTISEMENT

पहिले प्रभावशाली कम्युनिष्ट नेता त्यसपछि सशस्त्र भूमिगत समूहबाट शान्ति प्रक्रियामार्फत माओवादी बनेका गिरी त्यसपछि मधेसवादी दल संघीय समाजवादी फोरममा पुगेर प्रदेशसभामा सांसद पड्काउन सफल भए।

तर, उनको राजनीतिक तृष्णा त्यहाँ पनि मेटिएन। उनी कहिले एमाले, कहिले नवगठित कम्युनिष्ट घटक, र फेरि एमालेमै फर्कने यो घुमन्ते प्रवृत्तिले जनतामा भने सकारात्मक सन्देश गएको छैन ।

केही महिना अघि मात्रै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका गिरीको यो ‘यू–टर्न’ ले उनलाई राजनीतिक रूपमा कति अविश्वसनीय बनाएको छ भन्ने प्रस्ट पारेको छ। राष्ट्रियता जोगाउन एमाले बलियो बनाउनुपर्ने उनको आजको तर्क हिजो अर्कै पार्टीमा जाँदा कहाँ हराएको थियो भन्ने प्रश्न गम्भीर छ।

प्रतिनिधि सभा उम्मेदवार रुपेश कुमार पाण्डेय र पूर्व मन्त्री प्रमोद जयसवालले उनलाई स्वागत गर्दै गर्दा एमालेका इमानदार कार्यकर्ताहरू भने भित्रभित्रै गुम्सिएका छन्। के एमाले केवल अरु पार्टी डुलेर थाकेका ‘राजनीतिक फिरन्ते’ हरूको विश्रामस्थल मात्र बन्न खोजेको हो ? भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

सिद्धान्त र निष्ठालाई तिलाञ्जली दिएर केवल चुनाव जित्ने अंकगणितका लागि यस्ता पात्रहरूलाई बारम्बार काँध थाप्दा पार्टीको आन्तरिक लोकतन्त्र र नैतिकता कता पुग्छ, त्यो प्रतिक्षाको विषय बनेको छ। आगामी निर्वाचनमा ‘सूर्य छाप’ मा भोट माग्ने गिरीको नैतिक धरातल अब कति सुरक्षित छ, त्यसको फैसला त क्षेत्र नम्बर–३ का मतदाताले गर्ने नै छन्।

गिरीको नेपाली कम्युनिष्ट पार्टीबाट बर्हिगमन उनको व्यक्तिगत राजनीतिक छविमा मात्रै प्रभाव पारेको छैन । नेपाली कम्युनिष्ट पार्टीमा पूराना कम्युनिष्ट नेताहरु भएपनि उनी जस्ता पूराना नेतालाई नेकपामै टिकाई राख्न किन सकेन ? भन्ने प्रश्न पनि एकातिर गम्भीर छ ।

गिरीको एमाले प्रवेशले नेपाली कम्युनिष्ट पार्टीलाई पनि कमजोर बनाएको छ । जिल्लामा २५ जना जम्बो केन्द्रीय सदस्यहरु भएपनि जिल्लामा पार्टीको प्रभाव जनतासम्म पु-याउन सकेको छैन । यसले पनि गिरी निराश भएर नेकपा छोडेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको अनुमान छ ।

Previous Post

वीरगञ्जमा निर्वाचन विरोधी गतिविधि गर्ने एक युवा पक्राउ

Next Post

आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In