• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा–१ मा रास्वपाको उदयले विपक्षी उम्मेदवारहरू थर्किए

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन २, शनिबार १३:५९
पर्सा–१ मा रास्वपाको उदयले विपक्षी उम्मेदवारहरू थर्किए
14
SHARES
159
VIEWS

वीरगन्ज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। पार्टीका वरिष्ठ नेता बालेन शाहको वीरगन्जमा सम्पन्न भव्य रोड-शो पछि स्थानीयहरु स्वस्फूर्त रूपमा रास्वपा खोज्दै पार्टी प्रवेश गर्न थालेका हुन्।

यसै क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै कार्यक्रममा ५०० भन्दा बढी पेशाकर्मी, सामाजिक अभियन्ता तथा स्थानीय नेताहरु रास्वपामा प्रवेश गरेका छन्।

ADVERTISEMENT

परवानीपुरमा शुक्रबार ढिलो गरी आयोजित कार्यक्रममा स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा ठूलो संख्यामा टोली रास्वपामा समाहित भएको हो। त्यस्तै, शनिबार बिहान भिस्वामा आयोजित अर्को कार्यक्रममा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले रास्वपाको सदस्यता लिएका छन्।

नवप्रवेशीहरुलाई रास्वपा पर्साका जिल्ला सभापति एवं पर्सा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले टीका र खादा लगाएर पार्टीमा स्वागत गरे सो अवसरमा बोल्दै सभापति पन्तले पुराना दलहरुको विकल्पमा जनताले रास्वपालाई रोजेको बताए । ‘संकटको बेला हेलिकप्टरमा झुण्डिएर भाग्ने र जनतालाई दुःख दिने पुराना दल र तिनका उम्मेदवारलाई यसपटकको निर्वाचनमा बहिष्कार गर्न जरुरी छ’ उनले भने ।

पार्टी प्रवेश कार्यक्रमसँगै उम्मेदवार पन्तले शनिबार वीरगन्जको गहवा क्षेत्रमा घरदैलो कार्यक्रम समेत गरेका छन् । घरदैलोका क्रममा स्थानीयले उनलाई उत्साहजनक स्वागत गर्दै आगामी निर्वाचनका लागि शुभकामना दिएका थिए। बालेन शाह र रवि लामिछानेको पछिल्लो राजनीतिक समीकरण र जिल्लामा बढेको जनलहरले गर्दा चुनावमा पर्सामा रास्वपाले बलियो प्रभाव जमाउने आमसर्वसाधारणको अनुमान छ ।

पछिल्लो समय देखिएको जनलहरका कारण परम्परागत दलका उम्मेदवारहरू दबाबमा परेका छन्।
स्थानीय तहदेखि प्रतिनिधि सभा क्षेत्रसम्म रास्वपाको सक्रियता र युवा मतदाताको आकर्षणले प्रतिस्पर्धालाई रोचक बनाएको छ। चुनावी अभियानका क्रममा आयोजित सभाहरूमा उल्लेख्य सहभागिता देखिएपछि विपक्षी उम्मेदवारहरू रणनीति फेरबदल गर्न बाध्य भएका छन्।

विशेषगरी युवा, शिक्षित तथा परिवर्तनको अपेक्षा राख्ने मतदाताहरू रास्वपातर्फ आकर्षित देखिनुले पर्सा–१ मा नयाँ शक्ति उदाएको संकेत मिलेको छ। अबको चुनावी परिणामले परम्परागत राजनीतिक समीकरणलाई चुनौती दिने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।

Previous Post

नामुद तस्कर मदन गुप्ता (रुन्चे) अझै फरार, पक्राउ परेका ६ जना विरुद्ध ज्यान मार्ने उद्योग दर्ता

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट पछि हट्यो

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In