• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 3, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२ सम्पन्न

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २४, शनिबार १०:४१
प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२ सम्पन्न
11
SHARES
127
VIEWS

काठमाडौँ । काठमाडौँस्थित सैनिक मुख्यालयमा आज (शनिबार) ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ सम्पन्न भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिताको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गर्नुभएको हो।

‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारासहित आयोजित प्रतियोगितामा ४२.१९५ किलोमिटर दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष दुवै विधामा २१ किलोमिटर दूरीको हाफ म्याराथन सम्पन्न भयो।

ADVERTISEMENT

म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। हाफ म्याराथनमा महिला तथा पुरुष दुवै विधाका विजेतालाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ।

यस्तै, सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालयमा कार्यरत कर्मचारी, सेवारत तथा अवकाशप्राप्त सैनिक र गैरसैनिकतर्फ कक्षा १० देखि १२ सम्म अध्ययनरत सन्तानको सहभागितामा १० किलोमिटर दूरीको दौड आयोजना गरिएको थियो।

पाँच किलोमिटर दूरीको वाकाथनमा प्रधानसेनापति सिग्देलसहित सैनिक तथा गैरसैनिक व्यक्तिहरू सहभागी भएका थिए भने सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्राले पाँच किलोमिटर दूरीको दौड पूरा गरेका थिए।

दश किलोमिटर तथा पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुष विधाका धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

वि.सं. २०७२ देखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको यस ११औँ संस्करणको प्रतियोगितामा पाँच विधामा करिब दुई हजार पाँच सय धावकको सहभागिता रहेको थियो। यस वर्ष महाशिवरात्री तथा सेना दिवस आगामी फागुन ३ गते परेको छ।

Previous Post

वरिष्ठ कलाकार सुनिल थापाको निधन

Next Post

फागुन २१ को निर्वाचनः अघिल्लो चुनावमा दलहरूले के वाचा गरेका थिए ?

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In