• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा चुनावी राप : भीडतन्त्रको भाष्य र ‘विष पिउने’ नेताको खोजी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २०, मंगलवार १४:१३
पर्सामा चुनावी राप : भीडतन्त्रको भाष्य र ‘विष पिउने’ नेताको खोजी

तस्वीर : एआईबाट सृजना गरिएको

36
SHARES
404
VIEWS
नीरज पिठाकोटे

वीरगन्ज । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनले पर्साका सडक र चिया पसलहरू तातेका छन्। तर, यो तापक्रम विगतका निर्वाचनहरूभन्दा फरक छ। यसपटक मतदाताहरू उम्मेदवारको भाषणमा ताली बजाउनुभन्दा उनीहरूको विगत र नैतिकताको ‘पोस्टमार्टम’ गर्न व्यस्त देखिन्छन्।

वीरगन्जको राजनीतिमा अहिले एउटा नयाँ मानक स्थापित भएको छ— विष वमन गर्ने कि विष पिउने ? राजनीतिक दलहरूले वीरगन्जका गल्लीहरूमा झण्डा र व्यानरको बाढी ल्याएका छन्। तर, पर्साका झण्डै ३ लाख ५२ हजार मतदाता मध्ये ठूलो हिस्सा अझै मौन छ। निर्वाचन विश्लेषकहरू यसलाई ‘स्लिपर मत’ भन्छन्, जसले सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया दिँदैन, तर मतपेटिकामा ‘साइलेन्ट बुलेट’ प्रहार गर्छ।स्थानीय मतदाता भन्छन्, ‘हामीले सबैलाई टेस्ट गरिसक्यौं। कसैले विकास गरेनन्, बरु भएका उद्योग पनि सिध्याए। अब भीड हेरेर होइन, काम र आचरण हेरेर मात्रै निर्णय लिन्छौं।’ यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह आकर्षणको केन्द्र बनेका छन्।

ADVERTISEMENT

काठमाडौँको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका बालेनलाई हेर्न उर्लिएको भीडले पुराना दलहरूलाई झस्काएको छ। यद्यपि, इतिहास साक्षी छ— राजसंस्थाको समयमा राजा–रानीलाई दर्शन गर्न आउने भीड होस् या जनयुद्धपछि प्रचण्डलाई हेर्न झुम्मिएको जनसागर, ती सबै सधैँ मतमा बदलिएनन्।

लोकतन्त्रमा भीडतन्त्र र जनमत बीचको मसिनो रेखालाई पर्साका मतदाताले यसपटक कसरी छुट्याउँछन्, त्यो नै सबैभन्दा ठूलो कौतूहलको विषय बनेको छ।

एजेण्डाको विचलन : स्थानीय समस्या कि व्यक्ति केन्द्रित राजनीति ?

प्रमुख दलहरू कांग्रेस, एमाले, रास्वपाले यसपटक मतदातालाई आकर्षित गर्न ‘अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउने’ एजेण्डा अघि सारेका छन्। तर, पर्सेली मतदाताको प्रश्न छ— ‘हाम्रो क्षेत्रको डुबान, बेरोजगारी र कृषि समस्या समाधान गर्ने कि काठमाडौँमा को प्रधानमन्त्री बन्छ भनेर भोट हाल्ने ?’

नेपाली कम्युनिष्ट पार्टी संसद् विघटनको मुद्दादेखि नेकपा एमाले र नेपाली कांग्रेस लगायतका दलहरुले लोकतन्त्र विरोधी कित्तामा उभिएर गठबन्धनको सरकार सञ्चालन गरेपछि आएको संकट र राष्ट्रिय स्वाधिनतालाई मुख्य आधार बनाएर मतदातामाझ छ।

क्षेत्रीय दलहरू पहिचान र संघीयताको मुद्दामा रक्षात्मक देखिन्छन्। राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा लिएर धार्मिक मतदातालाई रिझाउने प्रयासमा छ। निर्वाचनमा विपक्षीलाई गाली गर्नु (विष वमन गर्नु) लाई बहादुरी मान्ने प्रवृत्तिमाथि यसपटक मतदाताले प्रश्न उठाएका छन्। मतदाताको स्पष्ट बुझाइ छ— ‘राजनेता त्यो हो, जसले समाजको विष आफैँ पिएर शान्ति र विकास ओकल्छ।’

हिजोका दिनमा जुन पार्टीको विरुद्ध विष वमन गरे, आज त्यही पार्टीबाट उम्मेदवार बनेका ‘अवसरवादी’ अनुहार, विकासका बाधक मानिएका ठेकेदार र चार दशकदेखि सत्तामा टाँसिएका पात्रहरूलाई पर्सेली जनताले यसपटक सुक्ष्म निगरानीमा राखेका छन्।

मतदाताले बुझेका छन्, कि ‘भोट त्यसैलाई दिनुपर्छ जसले जीवनमा विष पिउन जान्दछ । जसले विष वमन गर्छ आफ्नो मत त्यसलाई दिने होईन । किनभने राजनेताको काम भनेको विष पिउने हो, बिष वमन गर्ने होईन ।’

पर्साको राजनीति सधैँ निर्णायक र सन्देशमूलक हुने गर्छ। यसपटक दलभन्दा उम्मेदवारको चरित्र र विगतको योगदानले प्राथमिकता पाउने देखिएको छ। पुराना दलहरूप्रतिको वितृष्णा र नयाँ दलहरूप्रतिको आशंकाबीच मतदाता सन्तुलित विकल्पको खोजीमा छन्। सीमावर्ती क्षेत्र भएकाले राष्ट्रिय राजनीति र छिमेकीसँगको सन्तुलन मिलाउन सक्ने नेतृत्वको खोजी भइरहेको छ।

अन्त्यमा, फागुन २१ को नतिजाले केवल एक सांसद मात्र छान्ने छैन, यसले वीरगन्ज र समग्र देशको राजनीतिमा ‘भीडतन्त्र’ माथि ‘विवेक’ को विजय हुन्छ कि हुँदैन भन्ने मार्गचित्र पनि कोर्नेछ। पर्साका १०७ उम्मेदवारहरू (६४ दलीय र ४ स्वतन्त्र) मध्ये धेरैजसोले सामाजिक सञ्जालमा चर्चा पाए पनि वास्तविक निर्णय भने ग्रामीण क्षेत्रका ‘स्लिपर भोटर्स’ ले गर्नेछन्, जो अहिले मौन बसेर उम्मेदवारहरूको गतिविधि सुक्ष्म रूपमा हेरिरहेका छन्।

Previous Post

चुनावी रणनीति बनाउँदै शेरधन राई: मीनबहादुर गुरुङ र उमेश श्रेष्ठको साथ पाउने दाबी

Next Post

शान्तिका लागि मतदान गर्न प्रधानमन्त्री कार्कीको आग्रह

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In