वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रम सोमबार वीरगन्जमा भव्य सभासहित सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सब्बाह अन्सारीले गरेका थिए भने क्षेत्र नम्बर १ का उम्मेदवार CA अजय चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा स्वागत मन्तव्य तथा धारणा राख्ने क्रममा मदन कुर्मी, जफर अन्सारी, उमेश ठाकुर, शान्ता महर्जन, जितेन्द्र महतो, इञ्जिनियर नुरुलहोदा आलम र सुरेन्द्र साह कानुले संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा स्थानीय जनसमस्याका विषयमा आफ्नो विचार व्यक्त गरेका थिए।
प्रमुख अतिथि चौरसियाले पार्टीको नीति तथा कार्यक्रम जनतामा विश्वसनीय रूपमा पुग्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा नेकपा पर्सा–१ बलियो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। उनले विकास, सुशासन र युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि दोहोर्याए।
कार्यक्रमको उद्घोषणा तथा सञ्चालन अनिल पटेलले गरेका थिए। कार्यक्रममा युवा तथा श्रमिक क्षेत्रका दर्जनौँ नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी हुनेहरूमा युवा सङ्घका केन्द्रीय प्रतिनिधि अनिल पटेल, दीपक साह, सन्दीप पटेल, मजदुर नेता गजाधर पटेल, टुन तिवारी, नेता नन्दकिशोर पन्जियार, महमुद आलम, मदन कुर्मी, ब्याँस यादव, महम्मद सलामलगायतका नेताहरू रहेका थिए। साथै पार्टीका युवा नेताहरू आकाश पटेल, बिश्वेश्वर पटेल, आस नारायण प्रजापति, जितेन्द्र महतोसहित ठूलो संख्यामा कार्यकर्ताहरूको सहभागिता थियो।
कार्यक्रममा सहभागी नेताहरूले पर्सा क्षेत्र नम्बर १ मा पार्टीप्रति जनसमर्थन बढ्दै गएको र संगठनगत गतिविधि थप सक्रिय बन्दै गएको बताएका छन्।
