• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, May 25, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

मतदाताको मनमा भन्दा प्रचारमा व्यस्त उम्मेदवारहरु !

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ १९, सोमबार १३:५५
मतदाताको मनमा भन्दा प्रचारमा व्यस्त उम्मेदवारहरु !
13
SHARES
142
VIEWS

वीरगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई यतिखेर भ्याई नभ्याई छ । देश निर्वाचनमय बनेको छ । संसदीय प्रणालीमा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको अस्वभाविक गठबन्धन सरकारले मनपरी र जेनजी आन्दोलनको आक्रोशले २०८४ मा हुनुपर्ने आधाविक निर्वाचन अहिले २०८२ मै अस्वभाविक रुपमा गर्नु परेको छ ।

यसले धेरै राजनीतिक दलका नेताहरुको राजनीतिक भविष्य र नेपाली जनताको भाग्य र भविष्य पनि निर्धारण गर्ने भएको छ । यतिखेर देशमा नयाँ र पूराना, वृद्ध र युवा नेतृत्व जस्ता विषयमा व्यापक चर्चा र बहस शुरु भएको छ ।

डिजिटल युग र सूचना प्रविधिको प्रयोगमा विचार, सिद्धान्तका विषयहरु गौण बनेका छन् । प्रियतावाद हावी भएको छ । जसको जति धेरै प्रचार भयो त्यति नै लोकप्रिय हुन्छ भन्ने सोचको विकासले अहिले मतदाताहरुको मनमा भन्दा उम्मेदवारहरु बढी प्रचारमा व्यस्त देखिएका छन् ।

ADVERTISEMENT

सामाजिक सञ्जालको प्रयोगबाट जति लोकप्रियता कमाउन सकिन्छ त्यति नै मतदाताहरुको मत ल्याउन सकिन्छ भन्ने जुन उम्मेदवारलाई लागेको छ । उसले भोली निर्वाचित भएपछि पनि भोली उसले जितेको क्षेत्रको विकास पनि त्यहि सामाजिक सञ्जालबाट मात्रै देखाउने छ । मतदाताहरुले भने अनुभूति गर्न पाउने छैनन् । त्यसैले यतिखेर उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर मन जित्नुपर्ने छ ।

त्यसैले कतिपय उम्मेदवारहरुले ‘गुगलका उम्मेदवारहरु भन्दा भूगोलका उम्मेदवारलाई भोट दिऔं’ भन्ने नारा नै लिएर मतदाताको माझमा गएका छन् । प्रियतावादले नेपाली नागरिकलाई दिने आश्वासन मात्रै हो । पाउने चाहिँ धोका नै हो । सञ्चार माध्यमहरुले पनि उम्मेदवारलाई प्राथामिकतामा राखेर उनीहरु अनूकुलका चुनावी प्रचार प्रसार गरिरहेका छन् । मतदाताहरुले के चाहन्छन् ? उनीहरुको समस्या के हो भन्ने ? विषय प्राथामिकतामा पर्न सकेको छैन ।

उम्मेदवारहरु पनि निर्वाचनको प्रचारको माध्यम सामाजिक सञ्जाल नै हो भन्नेमा विश्वासमा छन् । सामाजिक सञ्जालमा गरिने प्रचार उम्मेदवारको पक्षमा धारणा बनाउन र रणनीति तय गर्नका लागि आधार बन्न सक्ला ! तर, सामाजिक सञ्जालमा आएकै मतपरिणामको आधारमा निर्वाचन जितिन्छ भन्ने भ्रमहरु उम्मेदवारहरुबाट हट्नुपर्छ । उनीहरु प्रत्येक मतदाताको घर घरमा पुगेर मन जित्नुपर्छ ।

Advertisment Advertisment Advertisment

यसो भनिरहँदा अहिले निर्वाचनको बेला उम्मेदवारहरु घर घरमा मात्रै होईन, खेतबारीमा गएर खेताला बनिदिने, हलगोरुले खेत जोतिदिने अथवा जो किसान जस्तो काम गरिरहेका छन् त्यही काममा सहयोग गरिदिएर भाईरल पनि बनेका छन् । उम्मेदवारहरुको यो नाटकीय शैली कतिपयलाई मन पनि परेको छ ।

तर, जनता अर्थात मतदाताको मन जित्नका लागि यति धेरै नाटक पनि गरिरहनु पर्दैन । मतदाताहरुले पनि एकछिन आएर नाटक गरेको भरमा मन जितेर मत दिने निर्णयमा पनि पुग्नु हुन्न । मतदाताको एकमतले पाँचबर्षका लागि के गर्ला भन्ने सोचेर नै उम्मेदवार छान्नुपर्छ । उम्मेदवारहरुको पृष्ठभूमि, विगतको काम, वर्तमानको हैसियत र भविष्यको सम्भावनालाई सोचेर नै मतदान गर्नुपर्छ ।

यसैपनि अहिले जेन्जी आन्दोलनले जेनजी पुस्ता आउनुपर्छ भन्ने आवाज उठाईरहेका छन् । उनीहरुले उठाएको मागको सम्बोधन गर्ने दल र ति दलका उम्मेदवारहरु कस्ता छन् ? भन्ने मात्रै पनि मतदाताले सोचिदिने हो भने पनि साँच्चिकै युवाले चाहेको परिवर्तन सम्भव हुनसक्छ । उम्मेदवारहरुले पनि सोही अनुसारको रणनीति बनाउनुपर्छ ।

Previous Post

निर्वाचन लक्षित नक्कली नोट गिरोह भारतमा पक्राउ, ३ नेपालीसहित १० जना समातिए

Next Post

प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रियसभामा पहिलो सम्बोधन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In