• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, April 28, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

ठोरी एकेडेमीले जित्यो प्याब्सन पर्सा अन्तर विद्यालय जुनियर फूटबलको उपाधि 

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ १६, शुक्रबार १८:४६
ठोरी एकेडेमीले जित्यो प्याब्सन पर्सा अन्तर विद्यालय जुनियर फूटबलको उपाधि 
25
SHARES
280
VIEWS

वीरगन्ज । निजी तथा आवासीय विद्यालय संस्था (प्याब्सन) पर्साले आयोजना गरेको प्याब्सन अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि ठोरी एकेडेमीले उचालेको छ ।

प्रदेश प्रहरी कार्यालय वीरगन्जको फुटबल मैदानमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा ठोरी एकेडेमी विजयी भएको हो । मूनलाईट माविसँग भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा गएको थियो ।

ADVERTISEMENT

टाईब्रेकरमा ठोरी एकेडेमीले मूनलाईटलाई ३–२ को गोल अन्तरले पराजित गरेर उपाधि हासिल गरेको हो । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाले ट्रफि, मेडल, प्रमाणपत्र र ८ हजार रुपैंयाको चेक हस्तान्तरण गरे ।

पुरस्कार वितरण गर्दै प्रहरी बरिष्ठ उपरीक्षक कोईरालाले खेलकुद मानवको स्वास्थ्यका लागि अति आवश्यक रहेको र शिक्षासँगै खेलकुदलाई पनि महत्व दिएर प्याब्सनले प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिए ।

उनले पछिल्लो समयमा नयाँ पुस्ताहरु मोबाईल चलाउने र कुलतमा लाग्ने गरेकोले त्यस्ता गलत गतिविधिमा लाग्न युवालाई रोक्ने माध्यम नै खेलकुद भएकोले यसलाई सबैपक्षले अझ बढी महत्व दिनुपर्ने बताए ।

खेलकुद गतिविधि बढाएर सबैलाई समेट्न सकियो भने समाजमा अपराधका घटनामा पनि कमी आउने स्वास्थ्यको लागि पनि लाभदायक हुने धारणा राखे ।

प्रतियोगितामा मूनलाईट मावि दोस्रो, विकन मावि तेस्रो र एसआर ग्यालेक्सी माविले चौथो स्थान प्राप्त गरेका छन् । दोस्रो हुने विद्यालयको टिमले ट्रफि, मेडल, प्रमाणपत्र सहित ६ हजारको चेक, तेस्रो हुनेले ट्रफि, मेडल, प्रमाणपत्र र ४ हजारको चेक प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गरेका, उत्कृष्ट गोलकिपर र म्यान अफ द सिरिज ठोरी एकेडेमीका अशिम थापा मगर घोषित भए । बेष्ट डिफेन्स मूनलाईटका विश्वास महतो, बेष्ट मिडफिल्डमा मूनलाईटकै दिव्यांश पडित, सबैभन्दा बढी गोलकर्ता मूनलाईटका प्रिन्स आले मगर र फेयर प्ले टिम सफल एकेडेमी घोषित aभएका प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, केन्द्रीय विज्ञ परिषदका सल्लाहाकार डा.हरिशंकर साह, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज तुलसी भण्डारी, पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का,

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, प्याब्सनका प्रदेश, जिल्लाका पदाधिकारी, सल्लाहाकार, महानगर उपाध्यक्ष शर्मानन्द कुश्वाहा, एनप्याब्सन महानगर सचिव जियालाल गुप्ता लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

समापन अघि प्याब्सन–११ र मिडिया–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा प्याब्सन–११ विजयी भएको छ । प्याब्सन–११ र मिडिया–११ बीच भएको खेलमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटबाट प्याब्सन–११ ३–२ गोलले पराजित गरेको हो ।

प्याब्सन पर्साले हरेक बर्ष एकैपटक आयोजना गर्दै आएको प्याब्सन अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता सम्पन्न भएको छ । भने, टि–२० क्रिकेट प्रतियोगिता टीबी शाह क्रिकेट मैदानमा जारी छ ।

प्याब्सन अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिताको समापन समारोहमा उपस्थित प्रमुख अतिथि, अतिथि लगायतलाई प्रतियोगिताकी संयोजक तथा प्याब्सन पर्साकी बरिष्ठ उपाध्यक्ष सुशीला साहले स्वागत गरेकी थिईन् । उनकै संयोजकत्वमा फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएकोमा आयोजकको तर्फबाट प्याब्सन पर्साका अध्यक्ष चौधरी लगायत पदाधिकारी तथा कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गरेको छ ।

Previous Post

लिटल बडी प्रिस्कुलको तेस्रो बार्षिकोत्वस सम्पन्न

Next Post

प्याब्सन अन्तर विद्यालय टी–२० क्रिकेटमा विकन, डीभएभी र ज्ञानज्योती मावि विजयी

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In