वीरगन्ज । वीरगन्जको पानी टंकीमा रहेको लिटल बडी प्रि–स्कुलको तेस्रो बार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । क्लासिक बंक्वेटमा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले उदघाटन गरेका थिए ।
उदघाटनपछि शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कर्णले बालबालिकाहरुलाई पाठ्यक्रमको पढाई भन्दा व्यावहारिक ज्ञान र सीपको माध्यमबाट गराईने अध्यापन उपलब्धी मूलक हुने बताए ।
लिटल बडी प्रि–स्कुलले स्थापनाको छोटा अवधिमा पनि राम्रो उपलब्धि हासिल गरेकोमा बधाई तथा आगामी दिनको पनि शुभकामना दिदै अझै व्यवहारिक ज्ञान र सीपको माध्यमबाट बालबालिकाको सर्वाङ्गिण विकासमा भूमिका खेल्न सुझाव दिए ।
लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका निर्देशक तथा प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे, प्रेस युनियनका पर्सा उपाध्यक्ष अलि असगर देवान, डा.प्रिती यादव,
नेपाल इनोभेटिभ सोसाईटीका अध्यक्ष कमल चौगाई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाहरुद्वारा नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरुले मनोरञ्जन दिएका थिए ।
