काठमाडौं । तराई फास्ट ट्र्याक तोकिएको समयसीमा २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको नेपाली सेनाले जनाएको छ ।
हाल आयोजनाको भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ । १०.९७९ किलोमिटर सुरुङमध्ये लेन डाँडा र धेद्रे सुरुङको ब्रेकथ्रु सम्पन्न भइसकेको छ भने महादेवटार सुरुङको ७० प्रतिशत काम सकिएको छ ।
८९ पुलमध्ये १३ निर्माण सम्पन्न भएका छन् । फास्ट ट्र्याक निर्माणका क्रममा काटिएका रुखको सट्टा ७ लाख ५० हजार बिरुवा रोपिएको छ । खोकना क्षेत्रको विवाद भने अझै समाधान हुन सकेको छैन ।
