काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन्।
अर्याल नेतृत्वको समितिअन्तर्गत सातै प्रदेशमा प्रदेश समन्वय समिति गठन गरिएको छ। साथै आन्तरिक, प्रशासनिक र सञ्चार समन्वय उपसमिति पनि गठन गरिएको पार्टीले जनाएको छ।
रास्वपाले प्रदेश तहमा २१ सदस्यीय र जिल्ला तहमा १५ सदस्यीय निर्वाचन सम्पादन समिति गठन गर्ने खाका समेत तयार पारेको छ।
