रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरस्थित रामसरण ग्रिल उद्योगमा फलाम काट्ने क्रममा ग्यास सिलिन्डर विष्फोट हुँदा २८ वर्षीय गोविन्द विश्वकर्माको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनलाई भैरहवाको सिद्धार्थनगर सिटी अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
