वीरगंज । मधेस प्रदेश राष्ट्रिय वाणिज्य बैंक, मधेस प्रादेशिक कार्यालयले आफ्नो ६१औं वार्षिकोत्सवको उपलक्ष्यमा पिप्रास्थित श्री निरसिंह माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका ६० जना विद्यार्थीहरूले कार्यक्रममा प्रत्यक्ष सहभागी भई वित्तीय ज्ञान हासिल गरेका थिए। विद्यालयका प्रधानाध्यापक श्री हरेन्द्र प्रसाद कुर्मीले वर्तमान समयमा वित्तीय साक्षरता सबैका लागि अपरिहार्य रहेको कुरामा जोड दिनुभयो।
वाणिज्य बैंकका तर्फबाट आलोक रन्जन कर्ण, उपप्रबन्धक रवि प्रसाद कानु, अशोक कुमार यादव, वृजकिशोर शाह र मोदनारायण चौधरीले विद्यार्थीहरूलाई बैंकिङ प्रणाली र बचतको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमका संयोजक आलोक रन्जन कर्णका अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूमा वित्तीय सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो।
