काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता भएका उम्मेदवारमाथि परेको उजुरी माघ ८ गते बेलुका ५ बजेसम्म जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने जनाएको छ । यस प्रणालीतर्फ कुल २ हजार ९ सय २५ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ ।
