जनकपुरधाम । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।
प्रमुख शाह र सांसद सिंहले जानकी मन्दिरमा हुने नियमित बिहानी आरतीमा सँगै बसेर सहभागी भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभालाई सम्बोधन गर्ने सिलसिलामा बालेन शाह जनकपुर पुगेका हुन्। दुई चर्चित व्यक्तिहरूलाई एकसाथ मन्दिरमा देखेपछि स्थानीय बासिन्दा र दर्शनार्थीहरूबीच निकै उत्सुकता र चर्चा चलेको थियो।
धार्मिक भ्रमणसँगै बालेनले जनकपुरको राजनीतिक माहोलमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।
