धरान। धरान उपमहानगरपालिका–१३ स्थित जिरो प्वाइन्टमा आइतबार एउटा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरकाे बसले जिरो प्वाइन्टमा रहेको ‘न्यु शबा मेडिकल’ मा ठक्कर दिँदा पसलमा पूर्ण रूपमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी विष्णु बाबु राईका अनुसार मृतकहरू बसमा सवार यात्रु हुन् वा बाहिरका व्यक्ति, भन्नेबारे अझै यकिन हुन सकेको छैन । दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
