वीरगन्ज । नेपालका आदिवासी जनजाति थारु समुदायले थारु सम्वत २६५० वीरगन्जमा भव्य रुपमा मनाउने भएका छन् । विगत २५ बर्षदेखि वीरगन्जमा थारु समुदायले खुला रुपमा मनाउदै आएको माघी अर्थात थारु सम्वत २६५० को अवसरमा यसपटक पनि वीरगन्जको स्वीमिङ्ग पुलमा विविध कार्यक्रमको आयोजना गरी मनाईने मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा माघ पर्वको पूर्वसन्ध्यामा विविध कार्यक्रम शुरु गरिने र माघ १ गते वीरगन्जको घण्टाघरबाट थारु समुदायको विभिन्न झाँकी सहितको -याली स्वीमिङ्गपुलमा पुगेर सभाको आयोजना गरी मनाईने जानकारी दिएको छ ।
बुधबार बेलुका द्ध बजे पावरहाउस चोकदेखि मकालु होटल हुदै घण्घाटरसम्म मोटरसाईकल ¥यालीको आयोजना गरी साँझ घण्टाघरमा दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको माघी (खिंचडी) मूल समारोह समितिका संयोजक जंग बहादुर चौधरीले जानकारी दिए ।
त्यस्तै माघ १ गते बिहीबार आदर्शनगर स्थित स्वीमिङ पुलमा रक्तदान सहितको भव्य सभाको आयोजना गरिने जानकारी गराईएको छ । माघीको विशेष आकर्षणको रुपमा वधारु सांस्कृतिक झलकहरु घाटो, सामाचकेवा, झम्टा, थारु पूर्वी नाच, थारु समुदायका बालबालिकाहरुद्वारा थारु भाषाको गीतमा नृत्य कला प्रदर्शनी रहेको छ ।
त्यस्तै थारु विशेष परिकारहरुमा घोङ्गी, केकरा (गंगटा) माछा, परेवा, हाँस, कुखुरा, चिचर, लाई तिल आदी रहने छन् । संयोजक जंग बहादुर चौधरीको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा आर्थिक व्यावस्थापन समितिका संयोजक नन्दकिशोर पञ्जियारले नेपालको आदिवासी जनजाति थारु समुदायको भाषा, संस्कृति, भेषभूषा जगर्नेको लागि स्थानीय सरकारहरु उदासिन रहेको आरोप लगाए ।
उनले नेपालका आदिवासी जनजाति समुदायको सामाजिक विकासको साथै भाषा, संस्कृति संरक्षणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेपनि वीरगन्जमा भने स्थानीय सरकारले वेवास्ता गरेको गुनासो गरे ।
पत्रकार सम्मेलनमा माघी पर्व मूल समारोह समितिका सहसंयोजक शम्भु चौधरी थारी, श्रीमती मनोजा चौधरी, आर्थिक संयोजक नन्दकिशोर पञ्जियार, मनोज चौधरी, सांस्कृतिक संयोजक श्रीमती विजया ओझैया, रक्तदान संयोजक सुरज चन्द्र चौधरी,
मञ्च व्यावस्थापन संयोजक परमानन्द चौधरी, रक्तदान संयोजक चन्द्रप्रकाश दास थारु र सुरक्षा समिति संयोजक विकास चौधरी, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिति रहेको थियो ।
