वीरगञ्ज । उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्गता भएका, सुस्त मनस्थिति, वृद्ध–वृद्धा तथा बालबालिकाका लागि न्यानो कम्बल वितरण गरेको छ । संस्थाले चिसो मौसमलाई ध्यानमा राख्दै २७ थान कम्बलको व्यवस्था गरी उपलब्ध गराएको हो ।
आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका सदस्य रामबहादुर थिङलाई कम्बल हस्तान्तरण गरे ।
उपकार सेवा नेपालले सो आश्रमलाई प्रत्येक महिना खाद्यान्न सामग्रीसहित आवश्यक जिन्सी सामान सहयोग गर्दै आएको जनाएको छ ।

