काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि–२०८२ अनुसार भर्ना प्रक्रिया अघि बढाइएको हो। इच्छुक नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रहरी, सशस्त्र प्रहरी र सेनाबाट अवकाश पाएकासँगै यसअघि म्यादी प्रहरी, विदेशी फौजमा कार्य गरेका र पूर्व निर्वाचनमा सहभागी भएकालाई प्राथमिकता दिइनेछ। आवेदक छनोट माघ ९ गतेभित्र गरी माघ १५ गतेदेखि प्रशिक्षण सुरु हुने नेपाल प्रहरीले जनाएको छ।


